झण्डै २ करोडको लागतमा बेलबारीमा बन्ने भए दुइवटा शबदाह स्थल

  • २९ श्रावण २०८०, सोमबार

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीका २ वटा वडामा तत्काल शवदाह स्थल निर्माणको काम शुरु हुने बताएका छन ।

शनिबार जलाउँदै गरेको शव लोहन्द्रा खोलाको बाढीले बगाएपछि सामाजिक संजाल फेसबुक मार्फत नगरप्रमुख राईले बेलबारी ३ र बेलबारी ७ मा तत्काल शवदाह स्थल निर्माणको काम शुरु हुने बताएका हुन्  ।

बेलबारी ३ मा संघीय सरकारको ७० लाख बजेट परेको र बेलबारी ७ मा प्रदेशको १ करोड ५ लाख बजेट परिसकेको हुँदा स्थानीय सरकारको ३० प्रतिशत बजेट समेत लगानी गरेर ब्यापक जनसहभागितामा शवदाह स्थल निर्माणको काम अघि बढाईने राइले बताएका छन्  ।

बेलबारीमा हाल वडा नम्बर ११ मा एउटा मात्र शवदाह स्थल छ । लोहोन्द्रा खोला लगायत बेलबारीका अन्य स्थानमा शवदाहस्थल नहुँदा खोलाको बगरमा नै शव अन्त्येष्टि गर्नुपर्ने बाध्यता छ ।