छैटौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण फुटबल असोज अन्तिम सातादेखि

  • २६ भाद्र २०८०, मंगलवार

मोफसलकै सर्बाधिक पुरस्कार राशि भएको छैठौँ संस्करणको बेलबारी अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता असोज अन्तिम सातादेखि हुने भएको छ ।

असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म सो प्रतियोगिता आयोजना गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष तथा बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिए। प्रतियोगितामा नेपाल सहित भारतका समेत फुटबल टिमहरु सहभागी हुनेछन ।

बेलबारी ११ स्थित लक्ष्मी मावि खेलमैदानमा हुने प्रतियोगितामा बिजेताले ८ लाख नगदसहित ट्रफी र प्रमाणपत्र र उपबिजेताले ५ लाख नगद,ट्रफि सहित प्रमाणपत्र पाउनेछन । प्रतियोगिताका लागि आरजु राईस मिल बेलबारी मुख्य प्रायोजक रहेको छ भने बेलबारी नगरपालिकाको मुख्य सहयोग छ । प्रतियोगितामा ५० लाख बढी खर्च हुने आयोजकले जनाएका छन्  ।