छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी शुरु

  • ५ आश्विन २०८०, शुक्रबार

छैंठौ अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको तयारी शुरु भएको छ ।
डागीहाट फुटबल क्लवले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको छ । खेलकुद क्षेत्रको विकास, खेलाडीको उत्पादन र प्रवद्र्धन गर्ने उद्धेश्य सहित असोज २८ गते देखि कात्तिक ४ गते सम्म गोल्डकप आयोजना गरिएको डागीहाँट युथ क्लवका अध्यक्ष विक्रम राईले बताए ।

गोल्डकपमा लिग च्याम्पियन चर्च ब्वाईज काठमाण्डौ, बिग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लव धनकुटा, आयोजक डाँगीहाट युथ क्लव, विर्तामाड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लव र युकेएफसी भारत गरी ८ वटा टीम सहभागी हुने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

गोल्डकपको विजेताले नगद आठ लाख तथा उपविजेतालाई पाँच लाख पुरस्कारसहित ट्रफी, मेडल प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल किपर, डिफेण्डर, मिडफिल्डर, उत्कृष्ट कोच, उदियमान खेलाडी र सर्वाधिक गोलकर्ता तथा हरेक खेलको म्यान अफ द म्याचले पनि पुरस्कार पाउनेछन् ।
प्रतियोगिताका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको गोल्डकपमा आरजु राईस मिल मुख्य प्रायोजक रहेको छ । त्यसैगरी द रिभर ओभरसिज ,मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र टुर्बोग वियर प्रतियोगिताको सह-प्रायोजक छन् ।

गोल्डकपमा ६२ लाख ९० हजार खर्च र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको गोल्डकपका प्रबक्ता तथा सञ्चार संयोजक नरेन्द्र बस्नेतले बताए ।