बाम गठबन्धनलाई जिल्याउँदै कांग्रेसले हत्यायो बेलबारी खानेपानी

  • २८ आश्विन २०८०, आईतवार

बेलवारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार किशोर कार्की नेतृत्वको समूह निर्बाचित भएको छ  ।
निर्वाचनमा एमाले, माओवादी र जसपासहितको संयुक्त बाम गठबन्धनबाट अध्यक्षका उम्मेद्वार  दुर्गाप्रसाद गौतमलाई पराजित गर्दै कार्की निर्वचित भएका हुन् । कार्कीले ८ सय ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी गौतमले  ७ सय २० मत मात्र ल्याएका थिए  । उपाध्यक्षमा कांग्रेसकै प्रगति मोक्तान ७ सय २१ मतका साथ बिजयी भएकी छिन । निकटतम प्रतिद्धन्दी मदन राइले ६ सय ५० मत मात्र प्राप्त गरिन्।

सचिबमा बाम गठबन्धनका मनकुमार गुरुङ ६ सय ९ मतका साथ बिजयी भएका छन । निकटतम प्रतिद्धन्दी सपना काफलेले ४ सय ७४ र भोला नेपालले ३ सय २७ मत प्राप्त गरे ।
कोषाध्यक्षमा कांग्रेसका रिक्तबहादुर गुरुङ ७ सय ८३ मतका साथ बिजयी भएका छन । बाम गठबन्धनकी बिन्दुकला गुरुङले ६ सय २७ मत मात्र प्राप्त गरिन ।

खुल्ला सदस्यहरुमा चन्द्रजंग बस्नेत, पुष्कल सुवेदी (सियोम) राजेश शाह, जानुका बिश्वकर्मा र बिष्णु दाहाल बिजयी भएका छन् ।

लेखा संयोजकमा कांग्रेसका दिपेन्द्र लामिछाने ६ सय ५२ मतका साथ बिजयी भए । उनका निकटतम प्रतिद्धन्दी जगतबहादुर क्षेत्रीले ६ सय ४ मत प्राप्त गरे । सदस्यमा साबित्रीकुमारी धिमाल र कोपिला तामाङ बिजयी भएका छन ।