नोबेलको निःशुल्क मुटु परीक्षण अभियान चल्दै, ६६ जनाको मुटु परीक्षण

  • २ कार्तिक २०८०, बिहीबार

स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिराटनगरस्थित बैजनाथपुर स्वास्थ्य चौकीसँगको सहकार्यमा कार्तिक १ गते बुधबार निःशुल्क मुटु परीक्षण शिविर संचालन गरेको छ ।

मुटुरोग विशेषज्ञ डा. शुसान्त कटुवालको नेतृत्वको चिकित्सक टोलीले ६६ जना विरामीको मुटु परीक्षण गरेको थियो । जसमध्ये ६६ जनाकै निःशुल्क इकोकार्डियोग्राफी गरिएको थियो भने ४० जना विरामीको निःशुल्क इ. सि. जि. गरिएको थियो ।

विभिन्न संघ संस्थाहरुसंगको समन्वयमा मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण अभियानलाई गाँउ गाँउसम्म पुर्याउने लक्ष्यका साथ नियमित रुपमा निःशुल्क स्वास्थ्य सिविरको आयोजना गर्दै आएको नोवेल हस्पिटलको मुटु विभागमा मुटु सम्बन्धी सम्पूर्ण सेवाहरु उपलव्ध छन् ।