रक्सीका लागि बेचिएकी छोरीसहित मानव सेवा आश्रमद्वारा ४६ सडक मानवहरुको उद्वार

  • १४ कार्तिक २०८०, मंगलवार

मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको उद्वार टोलीले ४ दिनको अबधिमा पुर्वी नेपालका विभिन्न स्थानबाट १३ महिला, ३१ पुरुष र २ जना बालिका सहित ४६ जना कष्टकर जीवन विताइरहेका आश्रयविहीन सडक मानवहरुको उद्वार गरेको छ ।

यसपटकको चाडपर्वमा, कसैले पनि बस्न नपरोस् सडकपेटीमा भन्ने नारा सहित मेची पुलबाट सुभारम्भ गरेको महाकाली उद्धार यात्राको चार दिनको अबधिमा ४६ जना सडक मानवहरुको उद्वार गरिएको हो ।

उद्धार यात्राको पहिलो दिन झापाको मेचिपुल र सुरुङ्गा क्षेत्रबाट ३ महिला, ६ पुरुष र १ बालिका सहित १० जनाको उद्धार गरे । त्यस दिन उद्धार भएकी बालिका आफ्नै बुबाद्वारा एक ट्वाक रक्सिका लागि कसैलाई बेचिएकी थिइन् ।
यात्राको दोस्रो दिन झापाको दमक र मोरङको उर्लाबारी क्षेत्रबाट ५ महिला र ७ पुरुषको उद्धार गरेको टोलीले  तेस्रो दिन विराटनर महानगरपालिका, इटहरी नगरपालिका र धरान उपमहानगरपालिकाबाट १ जना महिला र ९ जना पुरुषको उद्धार गरेको थियो ।
यात्रीहरुले चौथो दिन उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा पर्ने गाइघाटबाट ४ जना महिला, ९ जना पुरुष र १ जना बालिकासहित १४ जनाको उद्धार गरी मधेस प्रदेश प्रवेश गरेको थियो  ।
चारदिनसम्म कोशी प्रदेशमा उद्धार यात्रा जारी रहँदा दशैंको संघारमा १३ महिला, ३१ पुरुष र २ जना बालिका सहित ४६ जना कष्टकर जीवन विताइरहेका आश्रयविहीन मानिसहरुलाई खाना नाना र छानाको प्रबन्ध मिलाउन सफल भएको मानव सेवा आश्रमले जानकारी दिएको छ । उद्धार भएका सबैलाई मानवसेवा आश्रम बिराटनगर शाखामा राखिएको छ ।

हुने र सक्नेहरुले आफ्नो परिवार र साथिभाइका बीचमा बसेर दशैं मनाइरहँदा मानवसेवा आश्रमले सडकमा रहेर निरस् र उराठ चाड झेलिरहेकाहरुको मुहारमा खुशी ल्याउन महाकाली राष्ट्रिय उद्धार यात्रा शुरु गरेको थियो ।

मानव सेवा आश्रमको ३८ जना यात्री तथा उद्वार टोलीलाइ आनी छ्योइङ डोल्मा फाउण्डेसनले यात्रा अवधिभर आवास, भोजन, यातायात लगाएत सम्पुर्ण खर्च बेहोरी सेवा सहजता प्रदान गरेको छ। असोज २६ गते सुभारम्भ भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा मंसिर ४ गते सम्म चल्नेछ ।
उद्वारको मिसन लिएको यात्री टोली जहाँ पुगेपनि स्थानीय अभिभावक, आश्रमका सुभेच्छुक, सहयोगी, र जनप्रतिनिधि, प्रहरी र प्रशासनकोे साथ, सद्भाव र अभिभावकत्प प्राप्त भइरहेकोमा मानव सेवा आश्रमले सबैलाई धन्यवाद दिएको छ ।

सम्बन्धित सामग्री

मानव सेवा आश्रमद्वारा १० जना सडक मानवको उद्धार