जाजरकोट भूकम्पका घाइतेहरुलाई केएमसीले गर्नेभो निःशुल्क उपचार

  • १९ कार्तिक २०८०, आईतवार

कलेजले जाजरकोटलगायत आसपासका भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचारसांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउँन पनि तयार रहेको उल्लेख गरिएको छ ।कलेजले जाजरकोटलगायत आसपासका भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचार

काठमाडौं मेडिकल कलेजक सल्लाहकार तथा मोरङ क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य माननीय डा.सुनिल कुमार शर्माको सक्रियतामा केएमसीले भूकम्पबाट घाइते भएका विरामीहरुलाई अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरिएको हो । विज्ञप्तिमा “स्वास्थ्य मन्त्रालयसँगको समन्वमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउँनसमेत तयार रहेको जानकारी गराउँछौं ।”

घाइतेहरुको उपचारमा सहयोग गर्ने उद्धेश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए ।
“आपतविपतका बेला सबैले सकेको सहयोग गर्नुपर्छ,” केएमसीका सल्लाहकार समेत रहेका सांसद शर्माले भने, “हाम्रो तर्फबाट पनि सकेको सहयोग गरौं भनेर घाइतेहरुलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाइदिएका छौं ।”

जाजरकोटको रामेडाँडा केन्द्रविन्दू बनाएर गएराती ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भुकमक्पमा परी जाजरकोट र रुकुम पश्चिममा कम्तिमा १२८ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।