धनकुटामा प्रदेश मन्त्रिपरिषदको बैठक राख्ने आश्वासन, होला त कार्यान्वयन ?

  • ११ मंसिर २०८०, सोमबार

कोशीका मुख्य मन्त्री केदार कार्कीले धनकुटामा कम्तिमा प्रत्येक महिना एक पटक प्रदेश मन्त्रिपरिषदको बैठक राख्ने आश्वासन दिएका छन् ।

नेपाली कांग्रेस धनकुटाको टोलीले प्रस्तुत गरेका माग ग्रहण गर्दै कार्कीले धनकुटाको विकास र समृद्धीका लागि आफु सधै सकरात्मक रहेको र अबदेखि  कम्तीमा महिनाका एकपटक  धनकुटामा मन्त्री परिषदको बैठक राख्ने वताए ।

मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरमा संघिय यूवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु र कोशी प्रदेशका मन्त्रीहरुको र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे लगायतको उपस्थितिमा नेपाली कांग्रेस धनकुटाले मुख्यमन्त्री कार्कीलाइ मागपत्र दिएको थियो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले मुख्य मन्त्री कार्कीलाई बुझाएको धनकुटा कांग्रेसको माग पत्रमा कोशी प्रदेशको प्रत्येक बर्खे अधिवेशन धनकुटामा गर्नुपर्ने, धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जनशिक्र युक्त बनाई मन्त्री परिषदको बैठक धनकुटामा महिनामा कम्तिमा एक पटक संचालन गरी मुख्य मन्त्रीले धनकुटाबाट पनि कार्य संचालन गर्नुपर्ने, धनकुटा अस्पताललाई स्तरउन्नती गरी एक सय बेडको बनाई विशेषज्ञ सेवा संचालन गर्दै शिक्षण अस्पतालको –मेडिकल कलेज को रुपमा विकास गरी संचालन गर्नु पर्ने, धनकुटाको बेलहारा डाँडामा डिपिआर समेत भैसकेकोले एयरपोर्ट तत्काल निर्माण गर्नु पर्ने, धनकुटाको विश्रान्ती मन्दिर ,धनकुटामा एक सय फिटको शिव भगवानको मूर्ती र धनकुटाको हिलेमा एक सय फिटको भगवान बुद्धको मूर्ती र गुम्बा निर्माणका लागी बजेटको व्यवस्था गर्नु पर्ने र धनकुटाका लागी विभिन्न योजनाहरको लागी बजेट बिनियोजन गर्नका लागी योजना सहितको रकम माग गरिएको छ ।

यसैगरी पाख्रीबास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ ,जिल्ला सदस्य गजमसिंह घिसिङ र महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, कर्मचारी ग्याल्जे शेर्पाले विभिन्न योजनाहरुको लागि बजेट बिनियोजन गरिदिन योजनाहरु सहितको माग पत्र बुझाएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव जयन्द्र घिसिङले वताए ।
यस्तैगरी धनकुटाको सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, वडा नं. ६ का वडाध्यक्ष यम प्रकाश (दिपक) मगर, वडा सदस्य शुसिल मगर,अशोक मगर, छथरजोरपाटी  गाउपालिकाका अध्यक्ष छत्र सुब्बा,नेपाली कांग्रेस छथरजोरपार्टी गाउँपालिकाका उपसभापति ध्रुव दाहाल,वडा नं. ५ का सभापति ढकाल सिंह लिम्बुले शिक्षा ,स्वास्थ्य, सडक, पर्यटन लगायतका विभिन्न योजनाहरु सहित रकम बिनियोजन गरीदिन मुख्य मन्त्री कार्की समक्ष माग पत्र बुझाएका छन् ।

नेपाली कांग्रेस धनकुटाको उक्त टोलीले विराटनगरमा कोशी प्रदेशका मन्त्रीहरु समशेर राई,कमल प्रसाद जबेगु(लिम्बु) समक्ष समेत धनकुटका विकास र समृद्धीका लागि विभिन्न योजनाहरुका लागी बजेट बिनियोजन गरी दिनहुन माग गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

प्रत्येक महिनामा कम्तिमा धनकुटामा प्रदेशको क्याविनेटको बैठक वस्ने र अव मुख्य मन्त्रीलाई धनकुटाको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा भेटीने मुख्य मन्त्रीको प्रतिवद्धाले पनि धनकुटालाई ठूलो राहत प्राप्त हुने नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले वताए ।