सो सडकमा कालोपत्रे सम्मको काम हुनुपर्नेमा हालसम्म केहि प्रगति नभएकोले सोमबार खोकेभोसी (खोर्साने–केरावारी–भोगटेनी–सिंहदेबी) सडक अन्तर्गतको निर्माणाधिन रामपुर आइतवारे सिङ्गदेबी सम्मेवा खण्डको सडक निर्माण कार्यमा भएको ढिलासुस्ती बारे ध्यानाकर्षण गराउन लिम्बुको नेतृत्वको टोलि डेलिकेशन गएको थियो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय दमकका आयोजना प्रमुख बिरबहादुर रावलसहित कर्मचारीहरु, निर्माण कम्पनीका प्रतिनिधिसँग समेत छलफल गरि ६ महिना भित्र निर्माण पक्षबाट योजना पुरा गर्ने प्रतिवद्दता व्यक्त भएको केराबारी २ का वडाध्यक्ष लिम्बुले बताए ।

६ महिनामा साप्ताहिक योजना र कार्यतालिका निर्माण गरि आयोजनाका कर्मचारीहरु, योजना निर्माण क्षेत्रका जनप्रतिनिधि र समुदायबाट समेत आवश्यक सहयोग र प्रगतीको प्रभावकारी अनुगमन र खवरदारी गर्ने सहमती भएको लिम्बुले बताउनुभयो।

सडक आवागमनमा समस्या भएपछि केराबारी ३, २ र उपलब्ध सरोकारवालाहरु सहितको करिव २ सय जना सहभागी भेलाले आयोजना प्रमुखको ध्यानाकर्षण गराउने, आयोजना प्रमुखको ध्यानाकर्षण गराउने केराबारी २का वडाध्यक्षको नेतृत्वमा, केराबारी ८ का पूर्व वडाध्यक्ष मनोज खड्का र सडक उपभोक्ताको तर्फबाट प्रतिनिधि गणेश तामाङ्ग जाने निर्णय गरेको थियो।

सडकको रामपुर देखि समेवा सम्मको १३.६ किमि सडक अलपत्र परेको भन्दै ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुखको ध्यानाकर्षण गराएका छन्सो सडक कान्छाराम कन्ट्रक्सनले ठेक्का लिएर ४ बर्षदेखि अलपत्र पारेको छ।