प्रदेश प्रहरी अस्पताल सारिएको बिरोधमा सडकमा निस्किए बेलबारीका ब्यबशायीहरु
- २९ मंसिर २०८०, शुक्रबार
बेलबारीबाट प्रदेश प्रहरी अस्पताल ईनरुवा सारिएको बिरोधमा बेलबारीमा शुक्रबार सडकमै बिरोधसमा गरिएको छ ।
उद्योग बाणिज्य संघ बेलबारीको आयोजनामा स्थानीय ब्यापारी ब्यबषायी, संघ संस्था र दलका प्रतिनिधिहरुको सहभागितामा बिरोधसभा गरिएको हो । बेलबारीकी पश्चिम स्टेसन अर्थात प्रादेशिक प्रहरी अस्पतालको गेटैमा केहीबेर सडक समेत अबरोध गरी बिरोधसभा आयोजना गरिएको थियो ।
अन्यत्र गएको अस्पताल बेलबारीमै फिर्ता ल्याउन दबाब दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक) ले बताए । सभाका कारण करिब १० मिनेट पुर्वपश्चिम लोकमार्ग समेत अबरुद्ध भएको थियो ।
मंसिर २६ गते राती डकैती शैलीमा कसंसँग सरसल्लाह र समन्वय नगरी प्रहरी अस्पतालका सामानहरु इनरुवा सारिएको थियो । प्रहरीका हाकिमहरुले आफ्नो घर पायक पार्न निहित स्वार्थका लागि अस्पताल सारिएको भन्दै व्यापक आलोचना भएको छ ।