भूकम्प सुरक्षा दिवसमा भुकम्प प्रतिरोधी घर बनाउन सिकाउँदै बेलबारी नगरपालिका
- ३ माघ २०८०, बुधबार
बेलबारी नगरपालिकाले भुकम्प सुरक्षा सम्बन्धी एक कार्यक्रम गरी २६ औं भूकम्प सुरक्षा दिवस मनाएकाे छ ।
निर्माण ब्यबशायी, इन्जिनियरिङ कन्सल्टेन्सी, जनप्रतिनिधि र संचारकर्मी लगायतको उपस्थितिमा बेलबारी नगरपालिकाकाे सभाहलमा भुकम्प सम्बन्धी एकदिने सचेतना कार्यक्रम गरिएको हो । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको अध्यक्षतामा भएको कार्यक्रममा क्युपेक नेपाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ठेकेदार र निर्माणकर्मीहरु गरी पचास साठी जनाभन्दा बढीको सहभागिता थियो ।
कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख राईले नेपाल भूकम्प जाेखिम रहेकाले सबैले अनिवार्य भुकम्प प्रतिरोधी घर बनाउनुपर्ने बताए । उनलेे भवन बनाउँदा राष्ट्रिय भवन संहितकाे पालना गर्न घरधनी, ठेकेदार र इन्जिनियरिङ कन्सल्टेन्सीहरुलाई आग्रह गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका राजु विष्ट, सशस्त्र प्रहरी वल बाहुनीका निरकुमार कार्की, परमार्सदाता ईन्जिनियर राजु अन्सारीलगायतले आफ्ना धारणा राखेका थिए ।कार्यक्रममा सहभागीहरुले नगर क्षेत्र बाहिरका र नगरपालिकाबाट इजाजत नलिएका ठेकेदारहरुलाइ काम गर्न नदिन माग गरेका छन् ।
कार्यक्रमान बेलबारी नगरपालिकाकाे भवन इन्जिनियरिङ शाखाका प्रमुख वीरेन्द्र गिरीले भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणमा पालना गर्नुपर्ने मापदण्ड, त्यसका फाइदा र हेलचेक्र्याइँ गर्दा हुने बेफाइदा र हानी नोक्सानीबारे प्रस्तुति दिएका थिए । नगर क्षेत्रभित्र कसैले नक्सा पास नगरी घर बनाएको थाहा पाएमा खबर गरिदिन आग्रह गर्दै उनले जानकारी पाएका ठाउँमा नगर प्रहरी पठाएर निर्माण रोकी नक्सापास गरेर मात्रै निर्माण अगाडि बढाउन दिएको बताए ।