बेलबारीमा शुरुभो छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८०

  • २ माघ २०८०, मंगलवार

बेलबारीमा छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ ।

बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सल खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन खेलमा बेलबारी वडा नं. १ र ८ ले बराबरी १/१ अंक बाँडेका छन् । दुवै टिमले खेलको निर्धारित समय भित्र गोल गर्न नसक्दा बराबरीमा खेल सकिएको थियो  ।

 

 

 

फाइनल खेल माग २० गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु.१ लाख ११ हजार १ सय ११ र उपविजेताले रु.५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा बेलबारीको ११ वटै वडाका टीमहरु सहभागी छन् ।