विभिन्न कार्यक्रम गरी केराबारीमा पनि मनाइयो भूकम्प सुरक्षा दिवस

  • ३ माघ २०८०, बुधबार

स्थानीय श्रोत र प्रविधि समेतको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नाराका साथ केराबारीमा विभिन्न कार्यक्रम गरी २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

केराबारी गाउँपालिकालाई भुकम्प प्रतिरोधी र प्रविधिमैत्री पालिकाको रुपमा चिनाउँदै भुकम्प प्रतिरोधी घर निर्माणका लागि सन्देश दिने उद्देश्यका साथ भुकम्प सुरक्षा दिवस मनाइएको हो । गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरको अध्यक्षता मनमोहन प्राविधिक विश्वविद्यालयका प्राध्यापक डा.डिन प्रचण्डमान प्रधानको प्रमुख आतिथ्यता र केराबारीका विभिन्न संघ संस्था र स्थानीय बासिन्दाहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

भुकम्प सम्बन्धि सचेतना मुलक र्यालीसहित शुरु भएको कार्यक्रममा बिज्ञहरुले भुकम्प र त्यसबाट बच्ने उपाय, भुकम्प प्रतिरोधात्मक संरचना निर्माण एवम् घर तथा भवन निर्माण गर्नुअघि नक्सा पासको महत्त्व लगायतका बिषयमा सचेतनामुलक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रसाशकीय अधिकृत, मच्छिन्द्र मावि, फेवा सेकेण्डरी बोर्डिङ स्कुल र केयु एकेडेमी लगायत शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरु, जनप्रतिनीधि , स्थानीय सहकारी लगायत संघसंस्थाका प्रतिनीधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पालिकाका कर्मचारी, सुरक्षाकर्मी लगायत करिब ३ सयभन्दा बढी सहभागी थिए ।