मोरङ सुनसरी सेवा समाज नेपालको १२ औं साधारणसभा सम्पन्न, नयाँ समिति गठन

  • ७ माघ २०८०, आईतवार

मोरङ सुनसरी सेवा समाज नेपालको १२ औं साधारणसभाले टेकनाथ बरालको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रको खोर्सनेभन्दा पुर्वपटी आफ्नै जग्गा अर्थात भवन निर्माण स्थलमा संस्थाले वनभोज सहित १२ औं साधारणसभा गरेको हो ।

साधारणसभाले दोस्रो कार्यकालका लागि पुन: टेकनाथ बराललाई नै अध्यक्ष चयन गरेको छ । नवगठित समितिमा चिरञ्जीवी तिम्सिना र पुष्पा कार्की उपाध्यक्ष, भिम घिमिरे महासचिव, सन्तोष दाहाल सचिव, सुर्य थापा कोषाध्यक्ष र लिलाधर बास्तोला सह- कोषाध्यक्ष चयन हुनुभएको छ । साधारणसभाले मिसन कार्की, योगनारायण सिग्दार, इन्दिरा कार्की (दाहाल), राजु परियार, रेवती भट्टराई, सुजु थापा, सरिता केसी र भोला बस्नेतलाई सदस्यमा चयन गरेको छ ।

कोशी प्रदेशका सभाषद रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगर, सुन्दरहरेंचा नगरपालिकाका पुर्व मेयर शिवप्रसाद ढकाल र गायक कृष्णभक्त राईको विशेष आतिथ्यता र देवीझोडा सामुदायिक वनका अध्यक्ष गोविन्द बस्नेत लगायतको आतिथ्यता थियो ।
साधारणसभाको कार्यक्रममा गायक कृष्णभक्त राई, गोविन्द बस्नेत लगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने साधारणसभामा उपस्थित सहभागीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
साधारणसभामा अध्यक्ष टेकनाथ वरालले अध्यक्षको प्रतिवेदन र ललित बहादुर निरौलाले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सन २००१ मा कतारमा स्थपित मोरङ सुनसरी सेवा समाज २०६८ सालमा मोरङ सुनसरी सेवा समाज नेपाल नामबाट बिधिवत दर्ता भएको थियो । हाल विभिन्न ८ मुलुकमा शाखा बिस्तार गरेको संस्थाले रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर तथा दैवी प्रकोप लगायत विभिन्न सामाजिक सेवाको क्षेत्रमा सक्रिय सहभागिता र सहयोग गर्दै आएको छ । संस्थाले बिगत केही बर्षयता एम्बुलेन्स समेत संचालन गर्दै आएको छ ।