धनकुटामा रहेका सरकारी कार्यालयहरु अन्यत्र नसार्ने मुख्य मन्त्री कार्कीको प्रतिबद्धता 

  • १४ माघ २०८०, आईतवार

नेपाली कांग्रेस धनकुटा नेतृत्वको टोलीले कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीलाई धनकुटामा रहेका सरकारी कार्यालयहरु कतै पनि नसार्न आग्रह गरेको छ ।
मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा  कांग्रेस धनकुटाको टोलीले भेटी धनकुटामा रहेको सरकारी कार्यालय विराटनगर लगायत अन्यत्र नर्सान मुख्य मन्त्री केदार काकीलाई ज्ञापन पत्र मार्फत माग गरेको हो ।

ज्ञापन पत्र ग्रहण गर्दै  मुख्य मन्त्री कार्कीले धनकुटामा रहेका कुनै पनि सरकारी कार्यालयहरु अन्यन्त्र सार्ने योजना नरहेको वताउदै धनकुटामा रहेको कार्यालयहरु नसार्ने समेत प्रतिवद्धता जनाए ।
धनकुटाबाट केही कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारी भैरहेको भन्ने चर्चा चलिरहेको भन्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई,नेपाली कांग्रेस नेता तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग,नेपाली कांग्रेसका नेता तथा छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा,नेपाल टे«ड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायत रहेको टोलीले  धनकुटामा रहेका कुनै पनि कार्यालयहरु अन्यत्र नसार्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
मुख्य मन्त्री कार्कीले धनकुटाबाट प्रदेश अन्र्तगतका कुनै पनी कार्यालयहरु अन्यत्र सार्ने योजना नभएको र  नसार्ने प्रतिबद्धता जनाएको काग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

नेपाली कांग्रेस धनकुटाका टोलीसंग मुख्य मन्त्री कार्कीले  धनकुटाको विकास र समृद्धीका लागि प्रदेश सरकारले विशेष योजनाहरु ल्याउने र धनकुटाका रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा महिनाको एक पटक प्रदेश मन्त्रि परिषदको बैठक वस्ने निर्णय चाँडै पहिलो बैठक बसी कार्यान्वयन गर्ने बताए ।