सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका ढकाललाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाश फैसला गरेसंगै ढकाललाई ६ महिना कैद र २ लाख रुपैयाँ जरिवाना गरेको विशेष अदालतका प्रबक्ता धनबहादुर कार्कीले बताए  ।

नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामाकेही महिना अघि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले कार्यकक्षबाटै ​नियन्त्रणमा लिएर मुद्दा दायर गरेको थियो ।