सिद्वार्थ स्कुलले विभिन्न कार्यक्रम गरी मनायो २९ औं बार्षिकोत्सव

  • २८ माघ २०८०, आईतवार

माेरङ सुन्दरहरैँचा १० मा रहेको सिद्वार्थ सेकेन्डरी स्कुलले २९ औं बार्षिकोत्सवको अबसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलले यसै हप्ता तीन दिनसम्म विभिन्न कार्यक्रम गरी ‘क्लास अनुअन डे सेलिब्रेसन’ कार्यक्रम सम्पन्न गरेको छ । बर्षकै ठुलो कार्यक्रम भनिएको क्लास अनुअन डे सेलिब्रेसन’ अन्तरगत, नृत्य, गायन,बकृत्वकला, रचना बाचन तेक्वान्दो, प्रोजेक्ट वर्क र प्रदर्शनी जस्ता कक्षागत गतिविधि तथा पुरस्कार बितरण कार्यक्रम भएका थिए । क्लास अनुअन डे सेलिब्रेसन’ कै प्रमुख आकर्षण भनेको बैंक चेक मार्फत छात्रवृत्ति बितरण कार्यक्रम रहेको थियो । कक्षा १ देखि १२ सम्म सबै परिक्षामा उत्कृष्ट तीन विद्यार्थीहरुलाइ चेक मार्फत कुल ८ लाख २० हजार नगद छात्रवृत्ति दिइएको विद्यालयका भाइस प्रिन्सिपल जे. बी. थुलुङले बताए ।
स्कुलले दुई हप्ताअघि`विद्यार्थीसँग अभिभावक´कार्यक्रम अन्तर्गत फुटबल, भलिबल, म्याराथन आदि प्रतियाेगिता संचालन गरेको थियो ।
स्कुलकाे २९ औं अभिभावक दिवसकाे अवसरमा विद्यार्थीसँग अभिभावक कार्यक्रम अन्तर्गत म्याराथुन दाैड, भलिबल , फुटबल ,नृत्य ( मम्मि डान्स ) गायन तथा चित्रकलाकाे कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल जे.वी थुलुङले जानकारी दिए ।
भलिबल प्रतियाेगितामा महिला र पुरूष गरि ४ टिमकाे सहभागिता रहेको थियाे ।