२९ करोडको आय-ब्यय सार्बजनिक गर्दै सकियो बेलबारीको १४ औँ नगरसभा

  • २९ माघ २०८०, सोमबार

बेलबारी नगरपालिकाले ३ करोड ४२ लाख ११ हजार ५ सय ४५ रुपैयाको आय र २९ करोड ९५ हजार ९ सय २६ रुपैयाकोआय-ब्यय सार्बजनिक गर्दै सोमबार १४ औँ नगरसभा सम्पन्न गरेको छ ।

बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नितु थापा (कोईराला) ले प्रस्तावित आय १० करोडमा माघ १५ गतेसम्मको ३ करोड ४२ लाख ११ हजार ५ सय ४५ रुपैया आय र प्रस्तावित ९४ करोड ७१ लाख ३४ हजार मध्ये आर्थिक बर्ष २०८० । ०८१ को माघ १५ सम्म भएको २९ करोड ९५ हजार ९ सय २६ रुपैयाको ब्यय सार्बजनिक गरेकी हुन ।

नगरपालिकाको १३ वटा नगर स्तरीय कार्यक्रमबाट रु १ करोड २५ लाख ५० हजार र वडास्तरीय २६ वटा योजना तथा कार्यक्रमबाट ९५ लाख ५० हजार घटाईएको छ । यस्तैगरी न्यायिक समिति सदस्य बद्रीनारायण मण्डलको ठाँउमा कार्यपालिका सदस्य भिमकुमारी गुरुङलाई निर्बाचित गरिएको छ ।

नगरसभामा बिधेयक समितिका संयोजक शालिकराम बस्नेतले प्रस्तुत गरेको बन्यजन्तु ब्यबस्थापन तथा संरक्षण बिधेयक २०८० पारित गरिएको छ ।