सिद्धार्थ सेकेण्डरी स्कुलले भब्य रूपमा मनायो २९ औं बार्षिकोत्सव

  • २० फाल्गुन २०८०, आईतवार

सिद्धार्थ सेकेण्डरी स्कुल खोर्सानेको २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी भब्य रूपमा मनाएको छ ।
२९ औं बार्षिकोत्सव मनाउने क्रममा विद्यार्थीहरुको स्पीच आइडल, सिंगिङ आइडल, डान्सिङ आइडल र पेण्टिङ आइडल तथा अभिभावकहरुको पेण्टिङ आइडल, मम्मी डान्स, म्याराथन, भलिबल फुटबल लगायतका कार्यक्रम भएका छन् ।
फागुन १५ गते रक्तदान कार्यक्रम आयोजना गरेको स्कुलले १६ गतेदेखि १८ गतेसम्म साँस्कृतिक कार्यक्रम, आइडलका फाइनल अडिसनहरु र छात्रवृत्ति एवम् पुरस्कार बितरण कार्यक्रम पनि गरेको थियो ।
बार्षिकोत्सवको अबसरमा जेहेन्दार, बिपन्न र परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने १ सयजनाभन्दा बढी विद्यार्थीहरुलाइ चेक मार्फत जम्मा ८ लाखभन्दा बढीको छात्रवृत्ति तथा कक्षा उतिर्ण हुँदा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाइ पुरस्कार पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी स्कुलका भाइस प्रिन्सिपल जिवन पौडेललाई बेस्ट इभेण्ट म्यानेजर अवार्डद्वारा सम्मानित गरिएको छ । सुबोध चौधरी र मियोङ्सा राइलाइ बेस्ट प्लेयर अफ द इयर २०८० बाट , ब्लाक बेल्ट प्राप्त तेक्वान्दो खेलाडीलाइ सिद्दार्थ जेम्स २०८० बाट सम्मानित गरिएको छ । त्यस्तै साहित्यतर्फ मोहनप्रासाद काफ्ले, युवा ब्यबाशायीतर्फ दिपेश जोशी, पुराना ब्यबशायीतर्फ स्कुलको लागि टाइ, बेल्ट र ट्र्याक सुट दिने शम्भु शर्मा र सांगेतिक क्षेत्रबाट साजन राइ सम्मानित भएका छन् ।
बार्षिकोत्सवको पहिलो दिन प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, दोस्रो दिन सुन्दरहरैंचा नगरपालिकाका मेयर केदार गुरागाइँ र तेस्रो दिन नगरपालिकाको शिक्षा शाखा अधिकृत लीलादेवी ओझा अतिथि थिइन् ।
स्कुलले बिगतदेखि हरेक बर्ष आयोजना गर्दै आएको विभिन्न आइडलको अन्तिम चरणको प्रतिस्पर्धा पनि बार्षिकोत्सवको कार्यक्रममै सम्पन्न भएका छन् । जस अन्तरगत पेण्टिङ (ड्राइङ) आइडलको सिनियरतर्फ कक्षा ७ का आर्जन बस्नेत प्रथम, कक्षा ८ का सुमिना मगर र अभिज्ञ आचार्य द्वितीय र प्रेरणा राइ तृतीय भएका छन् । पेण्टिङ आइडलकै जुनियरतर्फ कक्षा ५ का ओस्कार रिमाल प्रथम, भवेश राई द्वितीय र कक्षा ४ का संस्कार रिमाल तृतीय भएका छन् ।
अभिभावकहरुबिच प्रतिस्पर्धा गराइएको प्यारेण्टस पेण्टिङ आइडलतर्फ नवीन पौडेल प्रथम, छायाँ दाहाल द्वितीय र घनश्याम दुलाल तृतीय भए ।
विद्यार्थी सिंङ्गिङ आइडलको सिनियरतर्फ (कक्षा ११/१२) प्रश्ना पाण्डे प्रथम, कृष थापा मगर दोश्रो र बिशाल केसी तेस्रो भएका छन् । कक्षा ६ देखि ९ बाट सांगमो पाख्रीन, तृसना भट्टराई र अंकित भण्डारी क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन् ।
विद्यार्थी सिंङ्गिङ आइडलको जुनियर (कक्षा ४-५) तर्फ रिदम खड्का प्रथम, सानवी चौलागाईं द्वितीय र प्रवेग ढुंगेल तृतीय भएका छन् ।
प्यारेन्टस सिंङ्गिङ आइडलतर्फ गोबिन्द बस्नेत प्रथम, सुर्जा राई द्वितीय र मोहन कार्की तृतीय भएका छन् ।
डान्सिङ आइडल जुनियरतर्फ कक्षा १-३ को समूहबाट सिवानी राई पहिलो, पेमदिगा तामाङ दोश्रो र प्रकृति घिमिरे अनि इशा रायमाझी तेस्रो बनेका छन् । कक्षा ४-५ समूहतर्फ आरोही खड्का प्रथम, सिम्रन खड्का द्वितिय र सम्पदा घिमिरे तेस्रो भएका छन् । डान्सिङ आइडल सिनियरतर्फ कक्षा ६-७ समूहबाट मालिक कार्की, योङ्सिका बान्तवा र राशी पोख्रेल प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा ८-१० समूहतर्फ फुङ्मा लिम्बू प्रथम, युब्सन बस्नेत द्वितीय र सम्झना खपाङ्गी तथा कक्षा ११-१२ तर्फबाट संजोग सुन्दास, मेरिसा गिरी र अबिना धिमाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्यस्तै सेफ आइडल (कम्पिटिस) तर्फ कक्षा ११-१२ बाट खुश्बु गुरुङ प्रथम, सन्दीप पुलामी मगर द्वितीय र हिमाल पुलामी मगर तृतीय भएका छन् ।
त्यसैगरी मम्मी डान्सिङ आइडलतर्फ सरिता पोख्रेल प्रथम, प्रिति लिम्बू द्वितीय तथा सबिना भट्टराई र नैना राई तृतीय भएका छन् ।
त्यसैगरी स्पिच आइडलको जुनियरतर्फ कक्षा १-३ बाट सायरा खतिवडा प्रथम, हार्दिक थापा दोस्रो तथा इरान भण्डारी र आएजा थापा तेस्रो भएका छन् । कक्षा ४-५ बाट प्राप्ती धमला, स्तुति रुपाखेती र आरध्या नेउपाने क्रमस : प्रथम द्वितीय त्र तृतीय भएका छन् ।
स्पिच आइडलको सिनियरतर्फ कक्षा ६-७ बाट भिमार्जुन निरौला प्रथम, शरण परियार दोस्रो तथा भिजन ढकाल र निशान आचार्य तृतीयअनि कक्षा ८-१० बाट युब्सन बस्नेत र पवन खड्का प्रथम, अंकिता पोख्रेल र जिया क्षेत्री द्वितीय एवम् प्रान्जु घिमिरे तृतीय भएका छन् ।
त्यस्तै स्पिच आइडलकै कक्षा ११-१२ बाट अनोज लामिछाने प्रथम, पुर्णिामा कोइराला द्वितीय र सिवानी बस्नेत तृतीय भएका छन् ।