प्रदेशका मन्त्रीको उपस्थितिमा हिमालय इङलिस स्कुल बिराटचोकले मनायो आठौं वार्षिकोत्सव

  • २० फाल्गुन २०८०, आईतवार

हिमालय इङलिस स्कुल सुन्दरहरैंचा १० ले विभिन्न कार्यक्रम गरी आठौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

शनिबार स्कुल परिसरमा एक कार्यक्रम गरी स्कुलले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जगेबुको प्रमुख आतिथ्यता तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार गुरागाइको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, बिधार्थी डान्स आइडल / प्यारेन्ट्स डान्सिङ आइडल लगायतका बिभिन्न कार्यक्रम गरिएको थियो।
बार्षिकोत्सव कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव राजन कुमार छहरा, सुन्दरहरैंचा नगरपालिकाका प्रबक्ता तथा वडा नं १२ का वडाध्यक्ष रोशन प्रसाद ढकाल, वडा नं १० का वडाध्यक्ष राजकुमार राइ, एन प्याब्सन प्रदेश अध्यक्ष दिपक न्यौपाने, एन प्याब्सनकै मोरङ जिल्ला अध्यक्ष नारायण प्रसाद ढकाल, इन्द्रपुर साना शहरी खानेपानी आयोजनाका अध्यक्ष नवराज चापागाई, सुकुना माविको ब्यबस्थापन समिति अध्यक्ष मात्रिका प्रसाद ढकाल लगायतको उपस्थिति थियो ।
कार्यक्रमको कोशी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कमल प्रसाद जवेगुले उदघाटन गरेको वार्षिकोत्सव कार्यक्रममा शिक्षक रुपक खड्काले कार्यक्रम संचालन गरेको बार्षिकोत्सव कार्यक्रमको अध्यक्षता हिमालय इङलिस स्कुलका संस्थापक तथा प्रिन्सिपल कमल खनालले गरेका थिए।
स्कुलले यस बर्षबाट शुरु गरेको हिमालय प्यारेन्टस डान्स आइडलमा सिला राई प्रथम भएकी छिन । राईले “नाच्न त खासै जान्दिन” बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । सप आइडलमा तिर्सना सुबेदीले दोस्रो र रोशनी अधिकारीले तेस्रो भएका छन्। बिजेताहरुलाई स्कुलका प्रिन्सिपल कमल खनालले प्रमाण पत्र, मेडल, ट्रफी प्रदान गरे।
बार्षिकोत्सव कार्यक्रममा नर्सरीदेखि माथिल्लो कक्षासम्मका बिद्यार्थीहरुले स्पीच, गायन, नृत्य लगायत बिभिन्न प्रतिभा र शिक्षकहरूले नृत्य प्रस्तुत गरेका थिए । सो अबसरमा बिद्यार्थी आइडल तेस्रो सिजनका बिजेतहरूलाइ पनि पुरस्कृत गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले राउटे लगायत विभिन्न जातजातिहरुको संस्कृति झल्काउने साँस्कृतिक नृत्य र सन्देशमुलक नाटक पनि प्रस्तुत गरेका थिए ।
उत्कृष्ट बिधार्थी, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम लगायत बिबिध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । सो अबसरमा एनप्याब्सन सुन्दरहरैंचा नगराद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा सिनयरतर्फ नगर प्रथम भएका बिद्यार्थीहरुलाइ पुरस्कृत गिरएके छ ।

त्यस्तै हस्तलेखन, चत्रकला, वक्तृत्वकला, स्पिलि कन्टेस्ट, र लेक नृत्यमा प्रथम, दास्रा र तेस्रा हुने बिधार्थीहरूलाइ पनि पुरस्कृत गिरएके थये । कायर्त्रममा शिक्षक तथा शिक्षिकाहरू रूपक खड्का, जमुना राइ, प्रतिमा कार्की, पारूहाङ राइ, राकेश कुमार पण्डित, दिवस भण्डारी, मन्दिरा गैतम र गंगा राइ तथा कर्मचारीहरू मना राइ र रेशनी अधिकारीलाइ पन सम्मान गरिएके थिये ।
बिद्यार्थीहरुको सर्वाङ्गिण बिकासका लागि एक बिद्यार्थी एक सिप कार्यक्रम अन्तरगत नृत्य, गायन, संगीत, चित्रकला तेकवान्दो जस्ता तालिम र अभ्यास पनि संचालन गरिएको प्रिन्सिपल कमल खनालले बताए।