बेलबारीमा श्रीमतिको हत्या गरी ६० बर्षिय श्रीमानले गरे आत्महत्या

  • ७ चैत्र २०८०, बुधबार

मोरङ बेलबारी नगरपालिका १ स्थित भेडा टोल बस्ने ६० बर्षिय बम बहादुर लिम्बुले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
आपसी बादबिबाद हुँदा बम बहादुर लिम्बुले श्रीमति गिता लिम्बुलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरेका हुन् ।
बुधबार बिहानको ०१:४० बजेतिर घटना भएपछि तत्काल ०१:५० बजेतिर ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको नेतृत्वमा टोली घट्ना स्थलमा पुगेर घाइते गीताको मृत्यु भइसकेको थियो । श्रीमतीको हत्या गर्ने बम बहादुरले सोहि दाउले आफ्नो घाँटीमा रेटी आत्महत्याको प्रयास गरेका थिए । घाईते भई गम्भिर अबस्थामा भेटिएका तत्काल उद्दार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको थियो । घाईते डम्बर लिम्बुलाई नोबेल अस्पताल बिराटनगर पुऱ्याउनसाथ चिकित्सकले बुधबार बिहान २ बजेर २० मिनेटमा मृत घोषणा गरेका थिए ।
उनको शव पोष्टमार्टमका लागि कोशी अस्पताल बिराटनगर तर्फ पठाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनास्थल ईप्रका बेलबारी बाट करिब एक किलोमीटर उत्तरमा पर्छ ।