पक्राउ परे झापा र मोरङका दर्जनभन्दा बढी सहकारी लुट्ने चोरहरु

  • ८ बैशाख २०८१, शनिबार

बिर्तामोड — झापाका एक दर्जनभन्दा बढी सहकारीसहित पूर्वका विभिन्न सहकारीहरुमा श्रृङखलावद्ध चोरी तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् ।
बिषेश सूचनाको आधारमा झापा र सुनसरी प्रहरीले
६ जनाको समूहलाई शुक्रबार इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरु र उनीहरुले चोरी गरेको विवरणको पहिचान खुलाइएको छैन । पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
सो समूहले चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो । झापाका दर्जन बढी सहकारीमा भएको चोरीको घटनाहरुमा उनीहरुको संलग्नता देखिएको छ । एक दुइ महिनायता मोरङका करिब आधा दर्जन सहकारी चोरीमा
सहकारीहरुमा पनि यही समुहको संलग्न भएको आशंका गरिएको छ । लगातार चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो । संघले सहकारी दिवसमा सहकारी विरोधी विरुद्ध शक्ति प्रदर्शन समेत गरेको थियो ।