एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा

  • २८ बैशाख २०८१, शुक्रबार

धनकुटामा संचालन भैरहेको १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव फाईनलमा प्रवेश गरेको छ ।
धनकुटाको टुडिखेलमा बिहीबार सम्पन्न भएको सेमिफाइनल खेलमा ईटहरीको राष्टिय जार्गति कलवलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो ।
ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का र सविन गुरुगले गोल गरेको थिए । सोही टीमका विश्वास उदास र दिपेश धिमालको प्रहार विपक्षी गोलकिपर विनय श्रेष्ठले रोकिदिएका थिए । यसैगरी राष्टिय जागृतिको तर्फबाट उमेश राई र कुलदिप कार्कीले गोल गरेका थिए भने मिलन राई,प्रवेश दनुवार र सुमित चौधरीको प्रहार एपिएफका गोलकिपर एन्जल श्रेष्ठले रोकिदिएका थिए ।

सेमिफाइनलखेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार ५ रुपैया सहित ट्रफी हात पार्न सफल भए । नगद पुरस्कार तथा ट्रफी र माला छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, संरक्षक मनोहर नारायण श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र आयोजक समितिका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ तथा संयोजक शम्भु प्रधानले प्रदान गरे ।

२०७६ सालमा सम्पन्न १४ औ संरकरणमा एपिएफले उपाधी हात पारेको थियो । शुक्रबार हुने सेमिफाइन खेल आयोजक धनकुटा र विर्तामोड युनार्यटेड क्लव विच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुनेछ । एपीएफ र शुक्रबारको खेल बिजेताले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । शहिद भीमनारायण स्मृती प्रतिष्ठानको आयोजनमा भएको सहिद भीमनारायण गोल्ड कपको बिजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया पुस्कार पाउने छन । गोल्डकपमा जम्मा ८ वटा टिमको सहभागिता रहेको थियो  ।

सहिद भीम नारायण गोल्ड कप धनकुटा जिल्लाकै सवैभन्दा ठूलो फुटवल प्रतियोगिता हो ।

बिक्रम सम्बत २०५५ सालमा स्थापित गोल्ड कपको संस्थापक अध्यक्ष तथा संयोजक राजेश्वर वहादुर श्रेष्ठ छन्  । नेपाली कांग्रेसका यूवा नेत सहिद भमिनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा प्रक्राउ गरी २०३५ सालमा तत्काालिन सरकारले गोली हानी हत्या गरी फासीको सजाय दिएको थियो । उनलाई २०७३ सालमा तकालिन सरकारले राष्टिय सहिद घोषणा गरेको थियो ।