लेटाङ-६ नं. बुधबारे सडक निर्माणमा लापरबाही भएको खुलासा

  • ३ जेष्ठ २०८१, बिहीबार

मोरङको लेटाङ,धनकुटाको बुधबारे र पाँचथरको लिम्बा जोड्ने सडक निर्माणमा लापरबाही भएको पाइएको छ ।

सडकको ड्रेन निर्माणका क्रममा  लापरबाही भएको पाइएपछि स्थानीय बासिन्दाले निर्माण रोकेका थिए । स्थानिय बासिन्दा र सरोकारवालाहरुले कामको गुणस्तरमा प्रश्न उठाई ड्रेन निर्माण रोकेपछि पुर्वाधार कार्यालय, लेटाङ नगरपालिका, सरोकारवाला तथा ठेकेदार सहितको टोलीले  कमजोरी देखिएको ठाउँमा पुनःनिर्माण गर्ने सहमति गरेको छ ।

निर्माणमा लापारबाही भएको पाइएपछि रोकिएको कानेपोखरी,लेटाङ,धनकुटाको बुधबारे र पाँचथरको लिम्बा (कालेबुदुली) सडकमा निर्माणको काम सहमति भएसँगै सुचारू हुने भएको छ ।

कालेबुदुली सडक खण्डमा हाल साईड ड्रेन निर्माणको कार्य भईरहेको छ । सहमति भएसँगै बिहीबारदेखि काम शुरु भएको बताइएको छ । हाल निर्माणाधीन लेटाङदेखि ६ नं. बुधबारेको दुरी करिब ३० किलोमिटर छ ।