पञ्चायत माविका विद्यार्थीले स्कुल परिसरमै रोपे सयभन्दा बढी बिरुवा

  • २४ जेष्ठ २०८१, बिहीबार

हाम्रो भूमि : हाम्रो भविष्य मूल उद्घोषका साथ पथरी अवस्थित श्री पञ्चायत माविले विश्व वातावरण दिवस भव्य रूपमा मनाएको छ ।
साढे ४ हजार विद्यार्थी अध्ययनरत प्रदेशको नमुना मानिएको यो माविमा गत वर्षयता रोपिएका कैयौं वृक्षहरूको मलजल र संरक्षण गर्दै यसपटक सयभन्दा बढी नयाँ प्रजातिका विरुवाहरू रोपेर मानिएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनुभयो ।
शैक्षिक गुणस्तर भनेको वातावरणीय सफाइसहित पर्यावरण सन्तुलन कायम राख्न पर्यावरणीय दृष्टिकोणले बालबालिकालाई यसतर्फ जोडनु पनि हो विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले थप्नुभयो ।
संरक्षण सँगसँगै रोपिएका थुप्रै प्रजातिका वृक्षहरूमा धुपी, स्वामी, वर, पिपल, टिक, निम आदि रहेको प्रधानाध्यापक बुढाथोकीले जनाउनुभयो ।
दिउँसोको सत्रमा अध्ययनरत विद्यार्थीहरूको साथ र सहयोग लिएर तिनको उपस्थितिमा सम्पन्न यो वृक्षरोपण कार्यक्रममा प्रधानाध्यापक सँगसँगै शिक्षक टीका घिमिरे, उपेन्द्र बस्नेत, दिनेश सुवेदी, रवि मण्डललगायतको सक्रिय सहभागिता रहेको थियोे ।