नक्साल सामुदायिक वनको नयाँ भवन उद्घाटन, डेढ हेक्टर जमीनमा गरियो बृक्षारोपण

  • २५ जेष्ठ २०८१, शुक्रबार

मोरङको बेलबारी स्थित नक्सल सामुदायिक वनको भवन उद्घाटन भएको छ ।करिब ३३ लाखको लागतमा बनेको पक्की भवनको उद्घाटन कार्यक्रममा उपभोक्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित सय जनाभन्दा बढीको उपस्थिति थियो ।
बिक्रम सम्बत २०५६ सालमा स्थापित यस सामुदायिक वनले वन संरक्षण, फोहोर मैला ब्यबस्थापन तथा गरिबी निवारण जस्ता क्षेत्रमा उल्लेख्य काम गर्दै आएको वन समुहकी अध्यक्ष चन्द्रकला मगरले बताइन् ।
भवन उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख बिष्णु घिमिरे, बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, बेलबारी नगरपालिका १ का वडाध्यक्ष मणि मगर, सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश महासचिव रेणुका दाहाल, महासंघकै प्रदेश सदस्य अग्नि पौडेल, मोरङ सचिब वालकुमारी कट्टेल, बेलबारी सब डिभिजन वन कार्यालय प्रमुख दिपेश मिश्र, सृजना सामुदायिक वनका अध्यक्ष देउमान सुब्बा, नक्साल सामुदायिक वनका संस्थापक अध्यक्ष लक्ष्मी दुलाल लगायतले मन्तव्य राखेका थिए ।
सामुदायिक वनले १ दशमलव ५ हेक्टर क्षेत्रफल जमीनमा बृक्षरोपण पनि गरेको छ ।