पथरी शनिश्चरे वडा नं. ८ द्वारा खुल्ला व्यायामशाला निर्माण

  • २० असार २०८१, बुधबार

पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ ।
वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो ।
वडाको सोमबारेस्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला बुधबारदेखि सञ्चालन हुने बताइएको छ ।
सो व्यायामशाला वडाको बजेट मार्फत् निर्माण गरिएको भएपछि इच्छुकहरुले सो व्यायामशालामा निःशुल्क ब्यायाम गर्न सक्ने वडाले जनाएको छ । व्यायामशाला विहान ४ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुल्ला रहने वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
वडाले निरोगी वडा निर्माणको लागि सुगर तथा प्रेसरको औषधि समेत मागको आधारमा निशुल्क वितरण गरिरहेको छ ।