पथरी नगर अस्पताललाई दाताले दिए एम्बुलेन्स, हुन थाल्यो सञ्चालन

  • २२ श्रावण २०८१, मंगलवार

भुमिप्रदाद पाठक । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरी नगर अस्पताललाई प्रदान गरेको एम्बुलेन्स विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।
पथरी शनिश्चरे नगगरपालिका परिसरमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले रिवन काटेर चाबी चालकलाई प्रदान गरी सो एम्वुलेन्स सञ्चालनमा ल्याएको हो ।

सो कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा फाउण्डेसन नेपालका संयोजक राम बानिया, वडाअध्यक्षहरू नैना राई, लोककिरण न्यौपाने, वीरबहादुर राई र नगर खेलकुद विकास समितिको संयोजक दीपक राईको उपस्थिति थियो ।