भ्वाइस अफ किड्सको भोटिङ राउण्डमा पुगिन् पथरीकी तुलसा थापा

  • २० श्रावण २०८१, आईतवार

पथरी शनिश्चरे वडा नं. २ देविगन्ज घर भएका थापाले द भ्वाइस अफ किड्सको लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेकी छिन्  ।

एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा ‘सिरी सिरी हावा चल्यो ’ गीत प्रस्तुत गरेकी थिइन् । सो भन्दा अघि उनले किड्सको ब्लाइन्ड अडिसन सानदार तरिकाले पार गर्दै ब्याटलमा प्रवेश गरेकी थिइन् । उनले ब्लाइन्ड अडिसनमा कोचहरु छेवाङ लामा, प्रमोद खरेल, मिलन नेवार र मेलिना राईलाई प्रभावित पार्दै चेयर घुमाउन बाध्य बनाएकी थिइन् ।

उनको पछिल्लो प्रस्तुति राई माइलाले गाउ छाड्यो रे… बोलको निक्कै धमकेदार प्रस्तुति रहेको थियो । पथरी शनिश्चरेकी तुलसालाई जिताउन खल्ती एप मार्फत् भोट गर्न सकिनेछ । भोट गर्नका लागि खल्ती एप डाउनलोड गरी Voting Section मा गई Team Pramod मा Select गरी TULASHA THAPA लाई Vote गर्न सकिनेछ । तुलसालाई भोट गर्न विद्यालयका तर्फबाट संगीत शिक्षक अर्जुन सेन्चुरीले अपिल गर्नुभएको छ । यस्तैगरी उनकी आमा देवि थापाले पनि तुलसालाई विजयी गराउन सबै सामु अनुरोध गर्नुभयो ।

ब्याटल राउण्ड पार गरेकी उनले लाईभ राउण्डमा पनि त्यतिकै राम्रो प्रस्तुति दिई कोचहरुको तारिफ पाएकी थिइन् । अब भने यो राउन्ड पार गर्न दर्शकको भोट आवश्यक रहेको उनले बताएकी छिन् । तुलसाले भनिन्– देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दिदी बहिनी, दाजुभाइ हरुमा मलाई भोट गर्न हुन हार्दिक अनुरोध गर्दछु ।