लोकेश्वर शिवालय मन्दिर देवीझोडामा तीज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न

  • १७ भाद्र २०८१, सोमबार

मोरङ केराबारी ९ देवीझोडास्थित लोकेश्वर शिवालय मन्दिरको आयोजनामा तीज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
केराबारी ९ का वडाध्यक्ष गोपाल याख्खाको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पुर्वेली चर्चित गायिकाहरु अञ्जु गौतम र गंगा आचार्य (गौतम) ले तीज गीत तथा विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । गायिकाद्वयले गीत प्रस्तुत गरिरहँदा सारी र चोलिमा सजिएका आमा तथा दिदीबहिनीहरु छमछमी नाचेका थिए ।
कार्यक्रममा हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद लामिछाने, सिंहदेवी सामुदायिक वनका अध्यक्ष भिम कार्की, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, मोरङका उपाध्यक्ष अम्बिका भण्डारी, देवीझोडा सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेत लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियोे ।