निजामती सेवा दिवसको अवसरमा पथरी शनिश्चरेका दुइ कर्मचारी सम्मानित

  • २२ भाद्र २०८१, शनिबार

पथरी शनिश्चरे नगरपालिकामा २१ औं निजामती सेवा दिवस २०८१ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गरिएको छ ।

निजामती सेवा दिवसको अवसरमा कर्मचारीद्वय कम्प्युटर अपरेटर विनोद पराजुली र अमिन सागर श्रेष्ठलाई नगद रु. १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको  हो  । प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षता तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा कार्यालय परिसर सरसफाई समेत गरिएको थियो  ।

सम्मान कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष लोककिरण न्यौपाने, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा र वडा नं. २ का वडा सदस्य तथा कार्यपालिका सदस्य सिता दर्जीको उपस्थिति थियो  ।   ‘व्यावसायिक र सिर्जनशिल प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ भएको  २१ औं निजामती सेवा दिवसको सम्मान तथा सरसफाइ कार्यक्रममा नगरका जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति थियो ।