काठमाण्डौंंमा भएका सुन्दरहरैंचाबासीहरु संगठित, ११ सदस्यीय समिति गठन

  • २३ माघ २०७६, बिहीबार

 काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका सुन्दरहरैचा नगर क्षेत्रका बासिन्दाहरुको भेलाले  प्रेमप्रसाद लुइटेलको
अध्यक्षतामा ११ सदस्यीय सुन्दरहरैँचा काठमाण्डौं सम्पर्क समाज गठन गरेको छ ।
 सुन्दरहरैचा नगरपालिकाको आयोजना तथा नगरप्रमुख शिव प्रसाद ढकालको अध्यक्षतामा बुुधबार काठमाण्डौमा भएको भेलाले लुइँटेलको अध्यक्षतामा समिति गठन गरेको हो ।  राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीको विशेष अतिथ्यता र नगरपालिकाका उपप्रमुख धन माया तमाङ, स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्था र ब्यबशायमा आबद्ध  सयभन्दा बढी व्यक्तिहरुको उपस्थितिमा बुधबार भेला सम्पन्न भएको थियो ।
लुइँटेलको अध्यक्षतामा गठित समितिमा संजीव रोका, उमा फुंँयाल, बिक्रम थापा, कपील तिम्सिना, मिना ढकाल, भेषप्रसाद भुर्तेल, छबिलाल भट्टराई, नगेन्द्र श्रेष्ठ, मन्जु प्रसाईं र मनोज राई सदस्य छन् ।

काठमाण्डौमा छरिएर रहेका सुन्दरहरैचा नगरवासी र सुन्दरहरैचा नगरपालिका बिच समन्वय र सर सहयोग गरी नगरपालिकालाई समृद्द बनाउने योजना तथा कार्यक्रम ल्याई नगर विकासमा सेवा गर्न यो समाज गठन गरिएको नव गठित समितिका अध्यक्ष लुइटेलले बताए । लुइटेलले सम्पर्क समितिको बैठकबाट नगरलाई समृद्ध बनाउन नयाँ योजना ल्याउने र नगरको विकासका लाागि ती योजनाबारे संघीय सरकारको ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले नगरमा हालसम्म भएका बिकासका गतिविधी प्रस्तुत गर्दै भावी योजना पनि प्रस्तुत गरेका थिए । उनले आफु नगरप्रमुख भएपछि ल्याएका योजनामा सहयोग र हातेमालो गर्न आग्रह गरे ।