श्रमिक महिला समूह बेलबारीद्वारा ५२ घर बिपन्न परिवारलाई राहत बितरण

  • २० चैत्र २०७६, बिहीबार

श्रमिक महिला समूह बेलबारीले ५२ घर बिपन्न परिवारलाई राहत बितरण गरेको छ । 

बेलबारी १ का निम्न आर्थिक अवस्था भएका  परिवारलाई राहत दिइएको हो । श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा कोइरालाका अनुसार ज्यालादारी र श्रम गरेर गुजारा गर्ने ५२ परिवारलाई राहतस्वरुप खाध्यान्न लगायतका सामग्री दिइएको छ ।

प्रतिपरिवारलाई जनही १५ के जि चामल, एक पोका तेल, एक लिटर  चनामटर बितरण गरिएको छ ।

उनीहरूलाइ २ वटा साबुन र माक्स बितरण गरिनुका साथै साबुन र  सेनेटाइजरबाट हात धुन समेेत सिकाइएको थापाले बताइन् ।