श्रमिक महिला समूह बेलबारीद्वारा ५२ घर बिपन्न परिवारलाई राहत बितरण
- २० चैत्र २०७६, बिहीबार
श्रमिक महिला समूह बेलबारीले ५२ घर बिपन्न परिवारलाई राहत बितरण गरेको छ ।
बेलबारी १ का निम्न आर्थिक अवस्था भएका परिवारलाई राहत दिइएको हो । श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा कोइरालाका अनुसार ज्यालादारी र श्रम गरेर गुजारा गर्ने ५२ परिवारलाई राहतस्वरुप खाध्यान्न लगायतका सामग्री दिइएको छ ।
प्रतिपरिवारलाई जनही १५ के जि चामल, एक पोका तेल, एक लिटर चनामटर बितरण गरिएको छ ।
उनीहरूलाइ २ वटा साबुन र माक्स बितरण गरिनुका साथै साबुन र सेनेटाइजरबाट हात धुन समेेत सिकाइएको थापाले बताइन् ।