स्वस्थ भए मानसिक सन्तुलन गुमाएका सन्तबहादुर लिम्बू (साेल्टी), उपचार खर्च सार्वजनिक

  • १ श्रावण २०७५, मंगलवार

केशु विरही, बेलबारी, माेरङ/ विगत १५-१६ वर्षदेखि मानसिक राेगबाट ग्रसित भएर मानसिक सन्तुलन समेत गुमाई सकेका बेलबारी -२ का “साेल्टी” नामले परिचित सन्तबहादुर वाेखिम लिम्बू पछिल्लाे समयमा राम्ररी वाेलचाल गर्न सक्छन । र अाएका मानिसहरुलाई ठम्याउँन पनि पछि पर्दैनन् ।अाजकाे उनकाे याे अवस्था देखेर सबैजना चकित छन् । उनी याे अवस्थामा अाउलान भन्ने कसैले पनि साेचेका थिएनन् ।

बेलबारी नगरपालिका वार्ड नं २ की स्थानीय जनप्रतिनिधि खिना थापा र “मायालु हातहरु” तथा “हेल्पिङ हेन्डस” नामक सामाजिक संस्थाकाे अहाेरात्र खटाईका कारणले मात्र सन्तबहादुरलाई अहिलेकाे अवस्थामा ल्याउन संभव भएकाे हाे ।

३६ वर्षीय सन्तबहादुर विगत १६-१७ वर्षदेखि मानसिक सन्तुलन गुमाएर त्यसै बाटाेमा हिडि रहन्थे । पुलमूनि सुत्थे, वाटामा भेटेका फाेहर चिज खाँदै हिड्थे । धेरैलाई उनकाे वारेमा थाहा थिएन । अाफ्नै परिवारलाई नै मतलव नभए पछि वाँकीलाई मतलव हुने कुरै थिएन । ठिक त्यस्तै भयाे । थाहा हुनेले पनि मतलव गर्दैनथे । तर साे दृष्य स्थानीय  समाजसेवी एवम् पूर्व सांसद समेत रहेका हर्कमान तामाङकाे अाँखामा पर्याे । उनले धेरै जनासँग साेधखाेज गरे । लामाे समय पश्चातकाे साेधखाेजबाट सन्तबहादुरकाे परिचय खुल्याे ।  उनले स्थानीय जनप्रतिनिधि एवम् मायालुहातहरु नामक सामाजिक संस्थाकी सल्लाहकार समेत रहेकी खिना थापासँग सल्लाह गरे ।

उनकै सक्रियतामा मायालु हातहरु र हेल्पिङ हेन्स नामक संस्थाले सन्तबहादुरकाे उपचारमा ठूलाे याेगदान दिएका छन् ।

उनीहरुले फेसवुकमार्फत सन्तबहादुर उपचार अभियान नै संचालन गरेका थिए ।

फेसवुकमार्फत संचालन गरिएकाे उपचार अभियानमा विशेष गरेर विदेशमा रहने महानुभावहरुले ठूलाे सहयाेग पुर्याएका छन् ।

लालभिती घर भै राेजगारीकाे सिलसिलामा दाेहा कतारमा रहेका लालभित्ती युवा संघ दाेहा, कतारमा अावद्ध नियम भुजेल लगायतका धेरै दयालु मनहरुले ठूलाे सहयाेग पुर्याएका छन् ।

उनकाे उपचारकाे लागि संचालन गरेकाे अभियानले १ लाख ६६ हजार ५०१ उठेकाेमा  खर्च कटाएर रु १ लाख ३५ हजार रहेकाे अाज सार्वजनिक गरिएकाे कार्यक्रममा वताईयाे ।

साथै उक्त वाँकी रकम उनकै उपचारमा खर्च गर्नेगरी उनकी छाेरीकाे नाममा वैंकमा जम्मा गर्ने जानकारी पनि हिसाब सार्वजनिक कार्यक्रममा दिईएकाे थियाे

साे हिसाब सारणवजनिक कार्यक्रममा स्थानीय समाजसेवी एवम् पूर्व सांसद हर्कमान तामाङ, प्रताप थापा, स्थानीय भाेला गाैतम, मायालु हातहरुकी अध्यक्ष सन्जु हुमागाई, वार्ड नं का जनप्रतिनिधि कृष्णबहादुर लिम्बू, रमिते सामूदायिक वनका अध्यक्ष प्रेम राई, लालभित्ती वचत तथा ऋण सहकारीका अध्यक्ष सिताराम न्याैपाने लगायतका महानुभावहरुकाे सहभागिता रहेकाे थियाे ।

खर्च सार्जनिक कार्यक्रमा वाेल्दै पूर्व सांसद हर्कमान तामाङले सन्तबहादुरकाे समस्या भनेकाे समाजकै समस्या भएकाेले यसकाे समाधानमा पनि हामीले नै लाग्नु पर्ने वताए । साथै उनले सन्तबहादुर लिम्बूकाे उपचारका संलग्न सबैलाई धन्यवाद पनि दिए ।

सन्तबहादुर हाल बेलबारी -२ लालभित्तीमा अाफ्नी भाउजुसँग बस्दै अाएका छन।

हिसाब सार्वजनिक तथा परिवारलाई हस्तान्तरणमा सन्तबहादुरी भाउजू कविता लिम्बूले उपचारमा सहयाेग पुर्याउने सबैलाई धन्यवाद दिईन ।