युवाहरुले आयोजना गरेको कार्यक्रममा १ सय ३६ जनाले गरे रक्तदान

  • १४ श्रावण २०७५, सोमबार

बेलबारी, माेरङ /मुलुकमा रगतको चरम अभाव भइरहेको बेला माेरङकाे बेलबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रगतको अभावमा कोही व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्नका लागि यहाँका १ सय ३६ जनाले रगत दान गरेका छन् । “बिपतमा युवा ” मुल नाराका साथ संयुक्त कार्यदल युवा संघ नेपाल+वाई.सि.एल.नेपाल माेरङ जिल्ला कमिटीकाे आयोजना , बेलबारी नगर कमिटी काे ब्यबस्थापनमा तथा नेपाल रेडक्रस साेसाईटी धरानकाे प्राबिधिक सहयाेगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेकपाका के.स.गुरु बराल बिशिस्ट अतिथि ycl नेपालका केन्द्रीय सचिब पुर्ण भुजेल ,युवा संघ नेपालका के.स. रबिन थापा . लगायतका ब्यक्तित्वहरुकाे समुपस्थितीमा कार्यक्रम सम्पन्न गरी१३६. जनाले रक्तदान गरेका छन ।

सो रक्तदान कार्यक्रममा नेपाल प्रहरी, ससस्त्र प्रहरी, स्वास्थ्यकर्मी, व्यापरिहरु , पत्रकारहरु ,युवाहरु लगायतकाले रगत दान गरे । माेरङकाे बेलबारी नगरपालिका वडा नम्बर ३मा सम्पन्न रक्तदान कार्यक्रममा युवाहरुले बढी रगत दान गरेको कार्यक्रम संयाेजक हेमसागर ढकालले बताए। कार्यक्रममा प्रमुख अतिथि ले युवाहरुले जस्ताेसुकै अाईपर्ने समस्या समाधानमा लाग्नु पर्दछ साथै कुनै पनि समस्याकाे समाधान भनेकै युवाहरु हुन भने। कार्यक्रम नवीन पाैडेल..काे अध्यक्षता तथा .कृष्ण गुरुङ.काे संचालनमा सम्पन्न भएकाे थियाे ।