यस्ता बेकामेहरुलाइ किन राजदूत बनाइन्छ कुन्नि ?

  • ७ भाद्र २०७१, शनिबार

अम्बिका भण्डारी

युएइमा नेपालीको संख्या कति छ राजदुत ज्यु ? एनआरएन युएइको अधिबेशन हुँदा गत सेप्टेम्बरमा युएइका राजदुत धनन्जय झालाई सोधियो नेपालीको संख्याबारे खासगरी मिडियामा फरक फरक विवरण आइरहँदा मोटामोटी यकिन विवरण आउला कि भन्ने ध्येयले प्रस्न सोधिएको थियो तर राजदुतले यति गैह्र जिम्मेबार अभिव्यक्ति दिए कि त्यो भनाइ भन्दा देख्नेलाई लाज भनेझै लाग्ने थियो

राजदुतले भने- ‘हेर्नोस यो जरुरी छैन कि श्रम स्वीकृति लिएका जति सबै मान्छे यूएई आउछन्, अर्को कुरा कति इन्डिया भएर आएका हुन्छन , कति गैह्र कानुनी रुपले लुकिछिपी बसेका हुन्छन् । त्यसैले यसको कुनै डाटा नै हुँदैन ।  यदि मैले कुनै डाटा दिएँ भने त्यो यकिन डाटा हुन्न । त्यसैले म कुनै डाटा दिन सक्दिन ।‘

एनआरएनका तत्कालिन महासचिब तथा हालको एनआरएनमा आइसीसी अध्यक्षका प्रत्यासी तेन्जी शेर्पा , एनआरएन आइसीसी अध्यक्षका उम्मेद्वार तथा हालका अध्यक्ष शेष घले लगायत एनआरएनका खाडी क्षेत्रका नेताहरु समेत उपस्थित कार्यक्रममा राजदुतको हुती धेरैले बुझ्ने मौका पाए ।

एनआरएन युएइकै आयोजनामा फेव्रुअरी २८ का दिन यूएइको दुबईमा नै एनआरएन आइसीसी अध्यक्ष शेष घलेको प्रमुख आतिथ्य र युएइमा रहेका तीन-चार दर्जन भन्दा बढी संघ संस्था एबम पार्टीका नेताहरु सहित सय भन्दा बढीको उपस्थितिमा एउटा अन्तरक्रिया भएको थियो । त्यसमा युएइका लागि नेपाली राजदुत धनन्जय झा बिसेष अतिथि बनेर आएका थिए । अन्तरक्रिया खाडी क्षेत्र त्यसमा पनि यूएईमा रहेका नेपाली कामदारका समस्या र ब्लडमनी उठाएर मृत्युदण्डबाट उम्काउन खोजिएका अनिश खालिंग राइको विषयमा  केन्द्रित थिए । त्यसक्रममा धेरैले दुताबासमा फोन गर्दा नउठाउने गरिएको दुताबासका काम कारबाहीमा ढिलासुस्ती हुने गरेको , भिजिट भिसामा नेपालबाट अयुएई आउन रोक लगाएपछि दलालहरु मालामाल भएको र सर्बसाधारण मारमा परेको अनि अबुधाबीमा रहेको दुताबासको कन्सुलर दुबईमा खोल्न पर्याप्त पहल नभएको जस्ता गुनासा राखे । ‘दुइ बर्ष पुगिहाल्यो , अब मलाइ केही डर फिर्ता जानुपरे नि जान्छु’ भन्दै उनले घुर्की लडाए । राजदुतले गुनासाहरुप्रति चित्त बुझ्दो जवाफ दिएनन् बरु दुताबासको सारिएको अफिसको तेस्रो तलामा भएको महिला सेल्टरमा महिलाहरु झ्यालबाट मुन्टो निकालेर बाहिर चियाउने  गरेको तर झ्यालमा रडहरु नभएको तथा सुरक्षाका दृष्टिले खतरा रहेकोतर्फ ध्यानाकर्षण गराउँदा उनै राजदुतले भने – ‘दुताबासको सेल्टरमा बस्न आएर पनि हाम फाल्छन् भने के पो गर्न सकिन्छ र ? त्यो बोली निकै बिबादित पनि बन्यो । तर एनआरएनको कार्यक्रम भएकोले त्यो बिषय त्यतिकै मत्थर भो ।

  

युएइमा चार पाँच दर्जन नेपाली संघ संस्थाका प्रतिनिधिहरु छन् । राजदुत् झाको स्वभाब नेपालीहरुबिच धेरै लोकप्रिय छैनन् र युएइमा धेरै नेपाली राजदुतसँग सन्तुस्ट छैनन् भन्ने  थाहा हुँदा हुँदै पनि धेरैवटा संघ संस्थाका प्रमुख कार्यक्रममा अतिथिको रुपमा बोलाउँछन् । राजदुत झाले धेरै कार्यक्रमहरुमा जाँदा स्टेजबाटै मर्यादा पालन गर्न अर्ती दिने गर्छन्  । नेपाली संघ संस्थालाई राजादुतले गन्दै गन्दैनन् भन्ने द्रिस्टान्त त्यसबेलाको ब्यबहारले पुस्ठि भयो,तीन ,जुनबेला चार महिनाअघि दुताबासका सबैजसो कर्मचारी बदलीइरहँदा किन हामीलाई जानकारी नदिएको भन्दै  दुताबासमा पुगेका कसैलाई किन जानकारी दिने ? संघ संस्था को हुन ? भन्दै कड्किए

दुइ तीन महिना अघि संचार मन्त्री मिनेन्द्र रिजाल यूएई आएका थिए । अन्तरास्ट्रिय टेली कम्युनिकेशनको विश्व सम्मेलनका लागि यूएई आएका मन्त्रीलाई कांग्रेसीजनहरु समेतको जमघटमा राजदुताबसमै ह्विस्की पार्टी गरियो । त्यो पार्टी पनि गुपचुपमै गरिएको थियो तर  कांग्रेसीजनबाहेक अरु कसैलाई नभेटी दुताबासको जांड पार्टीमा मात्र सामेल भएर रिजाल त्यत्तिकै स्वदेश फर्के । त्यसपछि रिजाललाई त जनताको हैन , कांग्रेसको मात्र मन्त्री भनेर सत्तोसराप गरियो नै , राजदुतलाई पनि कांग्रेसी राजदुत भन्ने ढंगले चर्को आलोचना सहित फेसबुके धमाका गरियो । तर राजदुत आफ्नै पारामा चलिरहे ।

गत मार्चको तेस्रो साता दुबईमा युएइको अबुधाबीस्थित दुताबासको कन्सुलर नै खुलेको भन्दै एमआरपी पासपोर्ट बनाउन पर्चा छरियो । नाम र फोन नम्बर सहित राखेर शुक्रबारको दिन नेपालीहरुमाझ छ्यापछ्याप्ती पारिएपछि त्यसले ठुलै तरंग ल्यायो । पहिले दुताबासको सेल्टरमा बस्दै पासपोर्ट दलालको काम गरेर गैह्र कानुनी (अर्थात् खल्लीबल्ली) रुपमा युएइमा टिकिरहेकी रेखा भन्ने महिला र बंगाली मुलको जस्तो लाग्ने पुर्वी तराइतिर घर बताउने जहागीर नामको केटो मिलेर दुबईको बर दुबईस्थित एउटा कम्पनीको अफिसमा ‘कार्यालय’ खोलेर डेरा जमाउने कसरत थालेका रहेछन् । त्यस काममा एक दिन नेपाली दुताबासका कर्मचारी इब्राहिम पनि प्रत्यक्ष संलग्न भएको तब पुस्ठी भयो , जब केही संघ संस्थाका प्रतिनिधि पासपोर्ट बनाउने ग्राहक बनेर ‘ कन्सुलर ‘ गएका बेला कम्प्युटरमा ब्यस्त देखिए । त्यति मात्र होइन,ग्राहकहरुसँग त्यस ‘कन्सुलर’ पासपोर्ट मार्फत नयाँ एमआरपी बनाउन दिंदा कस्तो प्रक्रिया पुरा गर्नुपर्छ भन्दै बताइरहेका भेटिए । उनले ‘ कन्सुलर’ का ग्राहकसँग खुलेर कुराकानी गर्दै गरेको अडियो पनि रेकर्ड भयो ।

पासपोर्टका दलालको धन्दाले तत्काल हजारौं नेपाली कामदारलाई समस्या पर्न सक्ने ठहर गरी तुरुन्तै युएइमा सक्रिय नेपालका राजनीतिक दल र केही संघ संस्थाको बैठक बस्यो । र दलालहरुको गैर कानुनी धन्दाबारे ध्यानाकर्षण गराउन यूएई स्थित नेपाली दुताबासलाई ज्ञापनपत्र बुझायो । एमाओवादी निकट नेपाली जनप्रगतिशील मंचले त बिज्ञप्ति नै निकाल्यो । त्यसैबेला राजदुतलाई फोन गरेर दुताबासको नाम भजाएर केही खल्लिबल्लिले दुताबासलाई जानकारी दिएर ‘कन्सुलर’ खोलेकोबारे सोध्दा आफुले कसैलाई पासपोर्टको काम गर्न अनुमति नदिएको र कसैले दुताबास बाहिर पासपोर्टको काम गराए दुताबास जिम्मेबार नहुने बताए । दुताबासका कर्मचारी नै संलग्न भएको प्रमाण प्रस्तुत गर्दा नि राजदुत धनन्जय झाले स्वीकारेनन् । न त खल्लिबल्लिहरुले पासपोर्टको फारम भर्न खोलेको अफिसमा गएर बस्ने कर्मचारीलाई कारबाही नै गरे ।

मिडियामा दुताबासको मिलेमतोमा दुबईमा पासपोर्ट दलालहरुले एमआरपी बनाउन भन्दै सर्बसाधारणबाट पासपोर्ट र पैसा लिन थालेको समाचार आएपछि त्यो ‘कन्सुलर’ रातारात बन्द भो । भोली पर्सिपल्टै पर्चामा उल्लेखित नम्बरमा फोन गर्दा ‘हाललाई पासपोर्ट बनाउने काम बन्द गरिएको ‘ उत्तर आउन थाल्यो । दुताबासले केही दिनभित्रै रेखा भन्ने महिलालाई टिकट काटेर नेपाल पठायो भने जहागिर त्यतिकै गुमनाम भए । तर अनेकौं दबाब दिएपनि पासपोर्ट दलालसँग मिलेमतो गर्ने इब्राहिमलाई दुताबासले हालसम्म पनि केही कारबाही गरेको छैन ।  

मे महिनाको तेस्रो साता जिफन्ट अध्यक्ष बिष्णु रिमाल  र एमाले नेत्री तथा पुर्व सभासद र आइएलो सदस्य समेत रहेकी कुन्ता शर्मा यूएई आए दुताबासमा नै राजदुत भेट्न गएका उनीहरुलाई राजदुतले पासपोर्ट बनाउन दुताबासमा आउने सेवाग्राहीलाई जति पनि रेस्पोन्स गरेनन् । एकोहोरो आफू मात्र बोल्ने र दुवैजना अतिथिको कुरै नसुन्ने मात्र होइन , नाकको पोरा नै धुवाँमय हुनेगरी राजदुत धनन्जय झाले खैनी पडकाईदिए ।  अर्को दिन दुबईको एक कार्यक्रममा मंचबाटै राजदुतको हर्कत ओकल्दै रिमाल भन्दै थिए – ‘कस्तो सोमत नभएका राजदुत रहेछन् ?’