जनतालाई सेवा दिन जनप्रतिनिधि आफैंंले चलाए हेल्पडेक्स

  • १४ भाद्र २०७५, बिहीबार

उत्तम पोख्रेल, बेलबारी मोरङ । गाँउ गाँउमा सिहदरवार आएको भनिए पनि  कर मात्रै बढाएको भन्दै  बिरोध भइरहेका बेला बेलबारी नगरपालिकाको एउटा वडा कार्यालयले अर्को प्रसंंसनीय कार्यको थालनी गरेको छ ।

बेलबारी नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधहरुले हेल्प डेस्कको स्थापना गरेका हुन् । सेवाग्राहीलाइ छिटो छरितो र काममा सहजता दिलाउने उदेश्यका साथ हेल्प डेस्ककको स्थापना गरीएको वडा अध्यक्ष उदयवहादुर राई (राजु) ले बताए ।
हेल्प डेक्समा ४ जना वडा सदस्यहरुले सेवा दिने छन । प्रत्येक दिन एक जना सदस्यले सेवा दिने अध्यक्ष राईले बताए । डेक्सवाट ब्यक्तिगत घट्नाको फर्म भर्ने, सिफारीस गर्ने लगायतका सवै सिफारिस निशुल्क गर्ने गरिएको उनलेे बताए ।

कर्मचारी सरहनै वडा सदस्यहरु कार्यालय समय सम्मनै वसेर काम गर्छौ सदस्य मन्जु पोख्रेलले भनिन सेवा लिन आउने सेवाग्रहिले अब पैशा तिर्नु पर्देन । बिहान १० बज्दानै कार्यालयमा आएर बिदा नभए सम्म बस्ने गरेको उनले बताईन।
हेल्पडेक्स स्थपना भएपछि काम लिएर आउने सेवाग्रहि नठगीने बिस्वास वडा कार्यालयले लिएको छ ।

जनताका सग प्रत्यक्ष भेटघाट हुने तथा उनिहरुका समस्या समेत जनप्रतिनिधिले बुझन पाउने अध्यक्ष राइको भनाइ रहेको छ ।वडा कार्यालयमा दैनिक १ सय भन्दा वढी सेवाग्रही वडा कार्यालमा आउने गरेका छन ।