पुर्वको एउटा स्कुल, जहाँ विद्यार्थीलाई दुना टपरी गांस्न पनि सिकाइन्छ

  • १९ भाद्र २०७५, मंगलवार

बिद्यालयमा के के कुरा सिकाईन्छ ? उत्तर सहज छ,पढन् लेख्न अनि  खेलकुद,बादबिवाद,गायन, नृत्य आदि अतिरिक्त क्रियाकलाप, तर मोरङको सुन्दरहरैचामा रहेको एउटा बिद्यालयले बिद्यार्थीलाई टपरा गाँस्न सिकाउन थालेको छ ।
किताव कापी बोकेर अध्यायनका लागी जाने बिद्यार्थीहरु सालका पात सहित सिंन्का बोकेर टपरी गाँसिरहेको देख्दा र सुन्दा अभिभावकहरु आक्रोशित समेत होलान तर सुन्दरहरैचा १० खोर्सानेमा रहेको सिद्धार्थ ईङलिस स्कुलले कक्षा ९ र १० मा अध्यायनरत बिद्यार्थीलाई टपरी गाँस्ने तालिम नै दिन थालेको छ ।
धार्मिक तथा पितृकार्यमा हातले बुनेको टपरीको प्रयोग घटदै जाँदा बिद्यालयले बिद्यार्थीलाई सोही संस्कारको ज्ञान दिन र संस्कृति बचाईराख्न यस्तो अभियान थालेको हो ।

सोही क्रममा ९० जना भन्दा वढि छात्राहरुलाई टपरी बनाऊन सिकाईएको बिद्यालयले जनाएको छ । बजारमा पाईने प्लाष्टिकका प्राृकतिक सामाग्रीको प्रयोग बढदै जाँदा बिद्यार्थीले आफनो मौलिक कला संस्कृति समेत बिर्सिदै गएपछि टपरी गाँस्न सिकाएको बिद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले बताउँछन । यस्ता सिकाईले जंगलमा खेर गइरहेका पातको सदुपयोग गर्न सकिने र आर्थिक रुपमा समेत लाभ हुने उनको बुझाई छ ।
बिद्यार्थीले आफना परिवारलाई पातको टपरी प्रयोग गरौँ भनेर सिकाउँदा बाताबरण प्रदुषण कम हुने,बिबाह ब्रतबन्ध पुजाजस्ता धार्मिक काममा बनस्पतिको प्रयोग गर्न सकिने र छिमेकीकोहरुलाई समेत उनीहरुले सघाउने भएकाले बिद्यार्थीहरुलाई टपरी गास्न सिकाइएको बिद्यालयका सहायक प्रिन्सिपल जेबि थुलुङ बताउँछन ।

बाँसको सिन्का बनाउन समेत बिद्यार्थीलाई सिकाएको छ । छात्राहरुलाई टपरी गाँस्ने सिकाएको उत्त बिद्यालयले छात्रहरुलाइ उदघोषण तथा घर वाईरिङ समेत सिकाउन थालिएको छ । प्रत्येक हप्ताको एक दिन अतिरिक्त क्रिर्याकलापको रुपमा बिद्यार्थीहरुलाई नयाँ नयाँ सिपमुलक तालिमहरु दिईएको थुलुङ बताउँछन । – बेेेतना दैनिकबाट