लालभित्तिमा च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन

  • २५ आश्विन २०७५, बिहीबार

बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन भएकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा संचालन भैरहेकाे च्यउ खेति सम्वन्धी तालिमकाे संयाेजन हरिनारायण महिला विकास समितिले गरिरहेकाे छ । तालिममा वार्डका प्रत्येक टाेलविकास संस्थाबाट ४/४ जना किसानलाई साे च्याउ खेति सम्वन्धी तालिम दिईएकाे वेलवारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतमले जानकारी दिएका छन् ।

वाडा कार्यालयले दिएकाे जानकारी अनुसार अा.व. २०७५/७६ वजेटमा व्यवस्था भए अनुसारकाे तालिम रहेकाे साे कार्यक्रमका लागि वाडाले रु १ लाख छुट्याएकाे छ ।

असाेज २३ गतेबाट सुरु भएकाे तालिमकाे सहजीकरण बेलबारी नगरपालिकाका मतस्य विकास अधिकृत रुद्र फुयल र प्राविधिक शासायक र महेस कट्वालले गरिरहेकाेे अायाेजकले जनाएकाे छ ।बजारमा च्याउ खेतिकाे माग वढिरहेकाे वेलामा गरिएकाे यश प्रकारकाे तालिमले किसानलाई व्यवसाय संचालन गर्न उत्प्रेरणा दिने अासा गरिएकाे ।
४ दिन सम्म चल्ने साे तालिममा च्याउखेति सम्वन्धी शैद्धान्ति तथा व्यवहारिक ज्ञान प्राप्त गरिरहेकाेतालिममा भागलिने सहभागीले जनाएका छन् ।

पछिल्लाे समयमा तालिम मात्र लिने तर त्यसकाे प्रयाेग भने नहुने परिपाटि रहदै अाएकाेमा स्थानीयले तालिमलाई व्यवसायिक वनाउने तर्फ साेच्नु पर्न वताएका छन् ।