आगामी बजेटमा पर्यटन, जलश्रोत, कृषिलाई प्राथमिकतामा राख्न धनकुटेलीहरुको सुझाव
- ५ चैत्र २०७५, मंगलवार
धनकुटा / जनशक्ति ,जलश्रोत र पर्यटनलाई आर्थिक बर्ष २०७६/०७७ को बजेट निमार्ण गर्दा प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने धनकुटामा आयोजित प्रदेश नम्वर १ स्तरीय एक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले वताएका छन् ।
नेपाल राष्ट बैक अनुसन्धान विभागद्धारा आयोजित प्रदेशस्तरीय पूर्व बजेटकालिन अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट बैकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले २०७६/०७७ का लागि पूर्व बजेटकालिन बिषयमा कार्यपत्र प्रस्तुत गदै कृषि, जलश्रोत, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रलाई बजेटले प्रमुख प्राथमिक्ता दिनुपर्नेमा जोड दिनु भयो ।
सो विषयमाथि आफ्नो धारणा राख्दै जिल्ला समन्वय समिति धनकुटका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्र वहादुर प्रधान, सुन्तला जात अनुसन्धान केन्द्र पारिपाल्ले का प्रमुख डा. हरीकृष्ण श्रेष्ठ लगायतले पनि अब आउने बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्ने वताए ।
नेपाल राष्ट्र बैंकका निर्देशक विनोदराज आचार्यको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमम धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ धनकुटा बहुमुखी क्याम्पसका सहायक प्रमुख किरण घिमिरे, माछापुच्छे बैक धनकुटाका प्रवन्धक टेक वहादुर वस्नेत, नेपाल निमार्ण व्यावसायी संघ धनकुटाका सह-कोषाध्यक्ष चन्द्र सिंह नम्वाङ्ग,धनकुटा होटल एशोसिएसनका अध्यक्ष खगेन्द्र विष्टले पनि पर्यटन, जलश्रोत, कृषि, उद्योगलाई आगामी बजेटमा पहिलो प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय कृषक समुह नेपाल धनकुटाका अध्यक्ष मातृका राई,राष्टिय बाणिज्य संघ धनकुटाका कार्यलय प्रमुख जयन्द्र प्रधान,धनकुटा नगपालिकाका विकास अधिकारी,राष्टिय बाणिज्य बैक सहायक प्रवन्धक केन्द्रिप श्रेष्ठ,धनकुटा बहुमुखी क्याम्पसका प्रध्यापक धनपती नेपाल,गुठीटार कृषक सहकारी समुहका व्यवस्थापक छवि रोईराला,केदार दाहाल लगायतले कृषि, पर्यटन, उर्जा र उद्योग लगायतका क्षेत्रलाई बिशेष प्राथमिकता दिनुपर्ने बताएका थिए । – विजय राई,धनकुटा