आँधी र हुरीबाट बिस्थापितहरुलाई बेलबारीका संघसंस्थाहरुको सहयोग
- २४ चैत्र २०७५, आईतवार
बाराको फेटा गाउँपालिकामा केहि दिन अघि भएको बिनासकारी हावाहुरीका कारण भएका आँधीपीडितलाई मोरङको बेलबारीका संघसंस्थाले राहत वितरण गरेका छन् ।
बेलवारी उद्योग वाणिज्य संघको आयोजनामा बेलबारीका सबै संघ संस्थाले संयुक्त रुपमा शनिवार बाराको फेटा गाउँपालिकामा गएर ६५ विस्थापित घर परिवारलाई ३ लाख नगद बराबरको राहत सामग्री र नगद ३ हजारको दरले राहत वितरण गरेका हुन् ।
राहत सामग्रीका रुपमा खाना पकाउन प्रयोग हुने भांँडा, कराई, पन्यू, थाल लगायतका सामग्री पनि बितरण गरिएको उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुबेदीले बताए ।