सशस्त्रको टोली सक्रिय नहुँदा सुनसरीको सीमा क्षेत्रमा बढ्न थाल्यो तस्करी

  • १५ बैशाख २०७६, आईतवार

सुनसरीको सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको पाइएको छ ।

छोटी भन्सार कार्यालय लौकहीको कर्मचारी रमिते बनेपछि भारतको बेला बसमतिया र लौकही क्षेत्रमा तस्करहरू सलबलाउन थालेका  छन् ।  कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको हो।

छोटी भन्सार कार्यलयका केही कर्मचारीहरुले सना देखी ठुला व्यापारीहरुसँग नजराना लिई  कम समानको भन्सार काट्ने गरेको पाइएको छ । लौकही क्षेत्रबाट दैनिक १० देखी १५ लाख रुपैँया सम्मको कारोबार भएपनि भन्सार शुन्य उठ्ने गरेको लौकहीका मोहन यादवले जानकारी दिए ।