धनकुटामा प्रेस युनियनको अन्तरकृया, प्रेस विरोधी कानुनको बिरोध
- १ जेष्ठ २०७६, बुधबार
पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राम शरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने वताउनु भएको छ ।
पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले बुधबार धनकुटामा नेपाल प्रेस युनियन धनकुटाद्धारा आयोजित अन्र्तक्रिया तथा पत्रकार सम्मेलनमा मुलुकमा विकास र समृद्धीको जग नेपाली कांग्रेसले बसालेको समेत वताउनु भयो ।
नेपाली कांग्रेसले २०४८ सालमा नै मुलुकमा विकास र समृद्धीको जग लगाएकोले अहिलेसम्म त्यस जगमा नै टेकेर नेपालको विकास भैरहेको वताउनु हुदै पूर्व अर्थ मन्त्री डा. महतले वर्तमान सरकारले अहिले ल्याउन लागेको प्रेस विरोधी कानूनले लोकतन्त्रलाई नै खतरा पार्न सक्ने भएकाले यसलाई ल्याउन नदिने वताउनु भयो ।
नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्गको अध्यक्षतमा सम्पन्न भएको अन्र्तक्रिया तथा पत्रकार सम्मेलनमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले मुलुकलाई अधिनायकबाद तर्फ लानका लागी वर्तमान सरकारले पत्रकार र मिडियाहरुलाई नियन्त्रण गर्न पहिलो प्रयास गरेको वताउनु भयो । भने कार्यक्रमको संचालन सचिव विकास घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादव,पूर्व सांसदहरुलाई रामहरी खतिवडा, मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सदस्य लिला सुब्बा, नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, महासमिति सदस्यहरु रमशे महत, आनन्द सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई , नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई ,जिल्ला सदस्यहरु खेम पौडेल,सुमना तिम्सिना,पूर्व जिल्ला सदस्य राजन पौडेल,महिला संघ धनकुटाकी कार्यवहाक अध्यक्ष अम्विका धमला लगायतले प्रेस विरोधी कानुन ल्याउन नहुने वताउनु भयो ।
अन्र्तक्रियमा कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,उपाध्यक्ष नगेन्द्र राई,पूर्व अध्यक्ष खगेन्द्र घिमिरे,प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य रमेशचन्द्र अधिकारी,साझा संचार नेपाल धनकुटका अध्यक्ष भेषरजा कटेल लगायतले कुनै पनि हालतमा पत्रकारहरुलाई अंकुश लगाउन र नियन्त्रण गर्न ल्याउन लागेको विधेयक पास हुन नदिने त्यसको सशक्त विरोध गर्ने वताउनु भयो ।
यसैगरी नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आव्हनमा आज धनकुटाका पत्रकारहरुले कालो पट्टी हातमा बाधेर काम गरेको नेपाल पत्रकार महासंघ धनकुटका सचिव विदुर खवासले वताउनु भयो ।
विजय राई,धनकुटा