राप्ती नगरपालिकाको टोलीद्वारा बेलबारीका पर्यटकीय स्थल र बिकास निर्माणको अबलोकन

  • १९ जेष्ठ २०७६, आईतवार

चितवनको राप्ती नगरपालिकाको उपमेयर सहितको टोलीले बेलबारी नगरपालिकाकाले गरेका विकास निर्माण लगायतका कामको अबलोकन गरेको छ ।

उपप्रमुख डा. इमानसिंह लामा सहितको टोलि शनिवार वेलबारी नगरपालिकमा आएर अबलोकन गरेको हो ।

भारतको सिक्किम हुदै बेलवारी आइपुगेको टोलीले  बेतना सिमसार समेत घुमेको थियो । दुई नगर विचको अनुभव साटासाट गर्न सके फाइदा पुग्ने राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाईंले बताए ।

उनले दुवै नगरपालिकाको अनुभव साटासाट गरे काम गर्न समेत आग्रह गरे । उक्त टोलिलाई बेलबारी नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुलीले स्वागत गर्दै राप्ती र बेलबारी विचका विकास निर्माण तथा अन्य गतिविधि एक अपसमा साटासाट गरेर अगाडि बढ्नु पर्ने बताईन । उनले जनप्रतिनिध आएपछि गरिएका गतिविधि समेत सुनाएकी थिईन् ।

बेलबारी नगरपालिकाबाट राप्ति नगरपालिकाले केहि सिक्नुपर्ने उपप्रमुख डा. लामाले बताए । बेलबारी नगरपालिकाले गरेको काम हेर्दा हामि गएका स्थान भन्दा फरक लाग्यो, उपमेयर लामाले भने – जुनसुकै काम हेर्दा पनि गुरुयोजना बनाएर सुरु गरिएको रहेछ ।

बेलबारीवाट सिक्न धेरै रहेछ उनले भने यो क्षेत्रमा पर्यटनको सम्भवना छ भन्ने सुनेका थियौ नगरपालिकाले गरेका गतिविधि हेर्दा हामीलाई समेत आनन्द आयो ।