पुर्वमन्त्री हरिराज खेवाको तेस्रो स्मृति दिवसमा खेवा स्मृति ग्रन्थ बिमोचन

  • १४ श्रावण २०७६, मंगलवार

पूर्व राज्य मन्त्री तथा बहुआयमिक व्यक्तित्व स्वर्गीय हरीराज खेवा लिम्बुको तेस्रो स्मृती दिवसको अवसरमा हरिराज खेवा स्मृति ग्रन्थ बिमोचन गरिएको छ ।

पूर्व सूचना तथा सचार मन्त्री प्रतिनिधि सभाका सदस्य सुरेन्द्र कुमार कार्कीले स्वर्गीय हरिराज खेवा स्मृति ग्रन्थको बिमोचन गर्दै समाजवादबाट मात्र नेपाली जनता समृद्ध हुने भएकाले समाजबाद ल्याउनका लागि सवै एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।
नेकपाका केन्द्रिय सदस्य समेत रहनु भएका पूर्व मन्त्रि सुरेन्द्र कुमार कार्कीले हरीराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले स्वर्गीय हरिराज खेवा स्मृति ग्रन्थ प्रकाशित गरेरे स्वर्गीय हरिराज खेवालाई जीवन्त बनाएको वताउनु भयो ।
कार्यक्रममा १ नम्वर प्रदेश सभाका न्याय प्रशासन,कानुन तथा विद्यायन समितिका सभापति इन्द्रमणी पराजुलीले हरीराज खेवा बहुआयमिक व्यक्तित्व भएको वताउनु भयो । भने प्रदेश समा सांसद लिला सुब्बाले हरीराज खेवाको अधुरो सपनालाई पुरा गर्न प्रतिष्ठान लाग्नु पर्ने वताउनु भयो । कार्यक्रमको संचालन प्रदेश नम्वर १ का सांसद तथा प्रतिष्ठानका सचिव कुसुम कुमारी श्रेष्ठले गर्नु भएको थियो ।
हरीराज खेवा स्मृती प्रतिष्ठान धनकुटका अध्यक्ष बिष्णु वहादुर लिम्बुको अध्यक्षमा भएको कार्यक्रममा पूर्व सांसदहरु गोपाल गुरागाई, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला समन्वय समिति धनकुटका प्रमुख टंक चुवान,सम्पूर्ण राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल,छथरजोरपाटी गाउपालिकाका प्रमुख शेर वहादुर लिम्बु,हुसाडेक नेपालका उपाध्यक्ष गिता अधिकारी,प्रकाश महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले हरीराज खेवा सफल व्यक्तित्व भएको वताउर्दै उहाको योगदानको वारेमा चर्चा गनुृ भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य विष्णुमाया कन्दङ्वाले र कार्यक्रमको उदेश्यमाथि प्रतिष्ठानका उपाध्यक्ष तिलक प्रसाद राईले प्रकाश पार्नु भएको थियो ।
स्वर्गीय हरीराज खेवा तत्कालिन हात्तिखर्क गाविसकामा २०५४ सालम अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने २०६४ सालमा नेकपा माओवादीको तर्फबाट धनकुटा क्षेत्र नं. २ वाट संविधान सभामा निर्वाचित भै अर्थ राज्य मन्त्री समेत हुनु भएको र नेकपा माओवादी केन्द्र धनकुटाको अध्यक्षको समेत जिम्मेवारी समाल्नु भएको उहांँका धर्मपत्नी तथा प्रतिष्ठानका संरक्षक गिता खेवाले वताउनु भयो ।

स्वर्गीय खेवा राजनिति,सामाजिक क्षेत्रका साथ साहित्यकार,नाट्यकर्मी ,लेखक समेत हुनुहुन्थ्यो ।
कार्यक्रममा स्वर्गीय खेवाका धर्मपत्नी गिता खेवा,भाई भिम खेवा लिम्बु,प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन प्रसाद कोईराला,सशस्त्र प्रहरी वल ६ नम्वर गुल्मका डिएसपी बालकृष्ण श्रेष्ठ,नेकपाका सन्देश विहानी,राप्रपा संयूक्तका मिन वहादुर कार्की,संघिय लिम्बुवान राज्य परिषदका चन्द्र सिंह नेम्वाङ्ग, माओवादी केन्द्रका सुर्दशन ,महालक्ष्मी नगरपालिाका उपप्रमुख मञ्जु कार्की, छथरजोरपाटी गाउपालिकाका उपप्रमुख भीमकला श्रेष्ठ, सहदिभूमी गाउंँपालिकाका उपप्रमुख रत्नेश्वरी राई, धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ्ग ,प्रेस सेन्टर धनकुटाका अध्यक्ष इश्वर थापा,पत्रकार रमेशचन्द्र अधिकारी, अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दर वाबु श्रेष्ठ, धनकुटा लेडि जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष मन कुमारी तितुङ्ग लगायत, प्रतिष्ठानका सदस्यहरु र नेकपा धनकुटाका नेता तथा कार्यकर्ताहरुले स्वर्गीय खेवाको फोटोमा माल्यपर्ण गरी स्वर्गीय खेवा प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

विजय राई,धनकुटा