एनआरएन कतारको निर्वाचन सम्पन्न, मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ समिति गठन
- ७ भाद्र २०७६, शनिबार
सरोज बास्तोला, दोहा / गैह्र आबासीय नेपाली संघ (एनआरएन) कतारको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा मुक्तदा मुसलमान बिजयी भएका छन् ।
आफ्ना प्रतिस्पर्धी तेज कटुवाल लाई ९४० मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा मुसलमान निर्वाचित भएका हुन् ।
निर्वाचन परिणाम अनुसार अध्यक्ष मुसलमानले २०६६ मत पाएका थिए भने तेज कटुवाल ले ११२६ मत पाएका थिए । बिजयी हुनेेहरुमा प्रथम उपाध्यक्ष उत्तम गुरुङ , द्वितीय उपाध्यक्ष टक कुमार खडका, महिला,उपाध्यक्ष सरीता भण्डारी पौडेल, महासचिव पदम गिरी, सचिव नेत्र कुमार (नियम) भुजेल र अफसर अलि खान, कोषाध्यक्ष बिनोद प्रसाद बसौला र सहकोषाध्यक्ष मोहम्मद तनबिर रोजा बिजयी भएका छन् ।
त्यसैगरी एनसीसी युवा संयोजकमा रबिन मगर र महिला संयोजकमा अम्बिका खत्री निर्वाचित भएका छन् । आईसीसी सदस्यमा होमनाथ शर्मा,रमेश भट्ट ,कृष्ण बहादुर हमाल र युवराज शर्मा निर्वाचित भएका छन् ।
एनआरएन एनसीसी समन्वय समितिमा निर्वाचित हुनेहरु मुक्तादा प्यानलका छन् । कुल ४१ सय ३४ मतदातामध्ये ३४ सय २० जना मतदान प्रकृयामा सहभागी भएका थिए ।
प्रवासी नेपाली मन्च कतारका अध्यक्ष चानक पोखरेलले सुरुवाती दिनहरुमा नै बिभिन्न कार्यक्रम तथा सोसियल मिडियाहरु मार्फत अध्यक्षमा मुक्तादा मुसलमान सहित्को टिम जित्ने कुरामा आफु ढुक्क भएरै मैदाममा उत्रेको र त्यसकै परिणाम आफुहरु सफल पनि भएको बताए ।
आजको जित तमाम कतार बसी हरु को जित भएको उनले बताए ।