क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको तयारी पुरा

  • ३० आश्विन २०७६, बिहीबार

बेलबारी, मोरङ/सिंहदेवि युवा क्लव बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेबाट संचालन हुने क्लव स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता २०७६ को तयारी पुरा भएको आयोजकले जनाएको छ ।
बेलबारी २ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन हुँने प्रतियोगितामा बेलबारी, सुन्दरहरैंचा लगायतका विभिन्न ८ वटा टिमले भाग लिँदै छन् ।

प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, पदक तथा सिल्ड पाउने छ भने उपविजेता टिमले रु ३१ हजार, पदक तथा सिल्ड पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको समपूर्ण तयारी पुरा भएको सिंहदेवी युवा क्लवका अध्यक्ष तिर्थबहादुर नेउपानेले जानकारी दिएका छन् ।