पर्यटक लोभ्याउन जोरपाटीमा बन्यो पुर्वकै नमूना ‘ट्री हाउस’, हेर्नेहरुको लाम

  • १ कार्तिक २०७६, शुक्रबार

नेपाल पर्यटन बर्ष सन २०२० नजिकिँदै जाँदा पुर्वी पहाडी जिल्ला धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा आर्कषक ट्री हाउस निर्माण गरिएको छ ।
ट्री हाउस सञ्चालकद्धय हेम लिम्वु र प्रेम लिम्वुका अनुसार त्यस स्थानमा पर्यटक आकर्षण गर्न र स्थानियहरुलाई रोजगारीको अवसर र्सिजना गर्दै वसाई सराईको क्रम लाई समेत न्यूनिकरण गर्ने लक्ष्यका साथ ट्री हाउस सञ्चालनमा ल्याईएको हो ।
हेम र प्रेमले आफ्नै जग्गामा करिव ३ लाख वढी आर्थिक लागतमा यो ट्रि हाउस निर्माण गरेका हुन् । ४२ महिना विदेशमा काम गरेर केही वर्ष अघि मात्र घर फर्किएका ३१ वर्षका हेम र गाउँ मै सामुदायीक स्वास्थ्य ईकाईमा काम गरिरहेकाा २६ वर्षका प्रेमले निर्माण गरेको ट्री हाउस यतिबेला सो क्षेत्रमा आर्कषक गन्तव्य बनेको छ ।
छिमेकी दाईभाई दुई जनाले मिलेर सञ्चालन गरेको ट्री हाउस वरको रुखमा निर्माण गरिएको छ ।

अहिले उनीहरुले ट्री हाउस पूरा निर्माण पनि गरिसकेका छैनन् । अझ यसलाई सुन्दर र व्यवस्थित वनाउदै त्यही क्षेत्रमा अरु काम पनि गर्ने योजना रहेको उनीहरुले वताउँछन ।