तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भए धरान र ब्वाइज युनियन

  • ९ कार्तिक २०७६, शनिबार

ब्वाइज युनियन काठमाण्डौ र धरान फुटबल क्लब सुनसरी तेस्रो डाँगीहाट गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन ।

दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले पन्छाउदै धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको हो ।

मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा शुक्रबार भएको खेलमा पहिलो हाफको १० औ मिनेटमा धरानका बुद्ध चेम्जोङले निर्णायक गोल गरे । खेलको बाँकी समय कुनै गोल हुन नसक्दा आयोजक रातो उपाधि यात्रा बाट बाहिरिन बाध्य बन्यो ।
धरानका लागि निर्णायक गोल गरेका चेमजोङ नै खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए ।

बिहिबार भएको पहिलो सेमिफाइनलमा काठमाण्डौको ब्वाइज क्लबलाई ४–० गोलले पन्छाउदै ब्वाइज युनियनले फाइनलमा स्थान बनाएको थियो ।

आठ टोलीले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।